2026-06-28 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

फागुन २२, काठमाडौँ (रासस) | अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । 

‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब छन् । दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । 

समूह ‘ए’ मा स्वयम्भू क्लब, कशामदेवी प्लानिङ ब्वाइज युनाइटेड, ओएसिस क्लब, मनोहरा एकीकृत युथ क्लब, सानोगौचरण युवा क्लब र सामाजिक युवा क्लब छन् । यस्तै समूह ‘बी’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युवा फुटबल क्लब, महावीर स्टडिज एण्ड एथ्लेटिक्स एशोसिएसन, सानेपा क्लब र समाज कल्यान खेलकूद केन्द्र छन् । 

आज हुने उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकूद केन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । 

लिगको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउनेछन् । यसैगरी विधागत उत्कृष्टले रु २५ हजार प्राप्त गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी