2026-06-28 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

2019-03-09

फागुन २५, काठमाडौँ | नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । 

विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ््घबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

एन्फाले आज विज्ञप्ति जारी गरी नेपाल र मलेसियाबीच आगामी चैत १२ गतेका लागि तय गरिएको मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको हो । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भए पनि नेपालले कुवेतसँग आगामी चैत ७ गते मैत्रीपूर्ण खेल हुने एन्फाले जनाएको छ । यसअघि मलेसिया र कुबेतसँग नेपालले मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । 

नेपालले आगामी चैत १२ मा मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । मैत्रीपूर्ण खेलका लागि एशियाली फुटबल महासङ्घ (एएफसी)ले समेत अनुमति दिएको थियो । तर, मलेसियाको यस महीना कोटाभन्दा बढी खेल हुने भएको कारण (फिफा)ले अनुमति दिन अस्वीकार गरेको मलेसियाली फुटबल सङ्घलाई उढृत गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरले बताउनुभयो । 

पारा क्रिकेट टोली भारत प्रस्थान 

भारतसँग तीनवटा टी–२० क्रिकेट शृङ्खला खेल्न नेपाली पारा स्ट्याण्डिङ पुरुष क्रिकेट टोली आज भारतको आग्रा प्रस्थान गरेको छ । 

भारत प्रस्थान गर्ने खेलाडीमा रामप्रसाद खरेल (कप्तान), हेमबहादुर गुरुङ, प्रदीप रिजाल, सुमन बराल, ईन्द्रसिंह डिसी, राम कुँवर, राम मगर, मनोज थापा, छवि धोवी, लक्ष्मीप्रसाद अधिकारी, सोभितकुमार हल्वाइ, रुपक वाइबा, सुकलाल मियाँ, मीनप्रसाद ढकाल र ललनकुमार बराही छन् । 

ह्विलचेयर क्रिकेट सङ्घ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिङ शेर्पाको नेतृत्वमा जाने टोलीको फिजियोमा अञ्जना श्रेष्ठ तथा व्यवस्थापकमा राजेश शाह र शरद पौड्याल छन् । नेपालले यही फागुन ३०, चैत १ र २ गते भारतको पारा राष्ट्रिय स्ट्याण्डिङ टोलीसँग प्रतिस्पर्धा गर्ने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार बिदाई गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी