८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलकूदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री विश्वकर्मा

२६ फाल्गुन २०७५, आईतवार ०१:२९

फागुन २६, कास्की (रासस) | युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यही फागुन ३ गतेदेखि २५ गतेसम्म गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको समापन समारोहमा उहाँले विकसित देशले खेलकूदलाई उद्योगका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गरेकाले खेलपर्यटनको माध्यमबाट समृद्धिको आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । 

खेलाडीको भविष्य सुनिश्चित नहुँदासम्म नयाँपुस्ताका खेलाडी खेल क्षेत्रमा नआउने भन्दै उहाँले भन्नुभयो, “खेलाडीको भविष्य सुनिश्चित नभएसम्म खेलक्षेत्रको समृद्धिको परिकल्पना गर्न सकिँदैन । खेलाडीको सेवासुविधालाई सरकारले प्राथमिकतामा राखेको छ ।” 

मन्त्री विश्वकर्माले देशका सात प्रदेश र ७५३ स्थानीय तहमा एक÷एक खेल ग्राम निर्माणका लागि सरकारले कार्यविधि पारित गरिसकेकाले पूर्वाधारको अभावमा खेलाडीले भोगिरहेको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्री विश्वकर्माले प्रदेशस्तरीय छनोटमा परेका विभिन्न खेलका विजेता खेलाडीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी