८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटसलः नेपालको पहिलो प्रतिद्वन्द्वी क्यानडा

२६ फाल्गुन २०७५, आईतवार १०:३०

फागुन २६, काठमाडौँ (रासस) | विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ ।

अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । 

उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा क्यानडासहित क्याटलना र फ्रान्स छन् । 


आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल चैत १८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेलमा चैत १९ गते क्याटलनासँग र समूहको अन्तिम खेल चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । उक्त प्रतियोगिताका लागि नेपाल फुटसल सङ्घले खेलाडी छनोट गरिसकेको जनाइएको छ । उक्त विश्वकप फुटसलमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी