८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठौँ राष्ट्रिय खेलकूदका लागि खेलाडी छनोट

२७ फाल्गुन २०७५, सोमबार १५:३३

फागुन २७, काठमाडौँ | आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश ३ बाट तेक्वान्दो, खो खो र सेपाकताक्रो खेलाडी छनोट भएका छन् । तेक्वान्दोतर्फ स्पाइरिङ र प्याटर्नमा गरी जम्मा २५ खेलाडी छनोट भएको प्रदेश ३ खेलकूद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिनुभयो । 

पुरुषतर्फ मिलन धामी, अनिल तामाङ, कर्साङ दोर्जे स्याङबा तामाङ, आशिष भुजेल, समिर श्रेष्ठ, डेविड घले, सुमित खुलाल मगर, सागर बानियाँ, शिशिर राई, शौरभ घिमिरे, सुजन पुलामी मगर, राजेश बोलखे, मानस थिङ र लाक्पा लामा रहेका छन् । 

महिलामा सोनी खड्का, निलिमा सुनुवार, सचिना सुनुवार, अनिशा कार्की, स्वेता राई, डोल्मा गुरुङ, रञ्जना तुलाङगे, रञ्जिता मगर, रञ्जु पुलामी मगर, सरु घिमिरे र रश्मी थापामगर छन् । 

सेपाकताक्रोको पुरुषमा रुपेश सुनार, दिलीप खत्री, रविन भट्टराई, जिमी कपाली र मिजेश लामा छनोट भए । महिलामा उषा महर्जन, स्वस्तिका श्रेष्ठ, सपना तामाङ, सुष्मा विशुङ्खे र सम्झना तामाङ छानिए । खो खोको पुरुषमा विशाल बस्नेत, पवन महर्जन, इक्रम तामाङ, विष्णु भुसाल, राजन बल, शौरभ महर्जन, किशोर महर्जन, रोहन कपाली, प्रमोद श्रेष्ठ, उमेश दाहाल, नवराज दमरु र सुनील भण्डारी रहेका छन् । महिलामा सुमिना शिल्पकार, कृति कोजु, रोशनी बलमाला, रोजिना दाहाल, सुनिता मानन्धर, अनिशा गोले, सुनिता भुजेल, रिया महर्जन, निर्जला शेर्पा, सविना तामाङ, रक्षा पोखरेल र सुमित्रा हुमागाईं छन् । 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन चैतमा 

प्रदेश नं ५ मा आयोजन गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन आगामी चैत २५ गते गर्ने प्रस्ताव अघि बढेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कार्यकारी समितिको आज बसेको बैठकले आगामी चैत २५ गते औपचारिक उद्घाटन र ३० गते समापन गर्ने गरी मिति तोक्न राखेप बोर्डलाई सिफारिश गर्ने निर्णय गरेको राखेप सदस्य–सचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले राससलाई जानकारी दिनुभयो । 

राखेप सदस्यसचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी चैत १९ गतेबाट केही खेल शुरु गर्ने, २५ गते उद्घाटन र ३० गते समापन गर्ने गरी सिफारिश गरिएको राखेपका प्रेस सल्लाहकार दाहालले जानकारी दिनुभयो । यसअघि माघमा आयोजना गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएपछि प्रतियोगिता कहिले सञ्चालन हुने भन्ने अन्योल छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी