८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक दिवसीय वरियतामा नेपाल यथावत् रहन सफल

३ चैत्र २०७५, आईतवार १७:१२

चैत ३, काठमाडौँ (रासस) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १५ औँ स्थानमा रहन सफल भएको हो । अघिल्लो महीनापछि नेपाल १५औँ स्थानमा रहेको थियो । 

नेपाल गत महीनाबाट आइसिसीको वरियतामा पर्न थालेको हो । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एक दिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा समावेश भएको हो । उक्त सिरिज नेपालले २–१ ले जितेको थियो । 

यसैगरी टी–२० वरियतामा भने नेपाल १४औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा इङ्गल्याण्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । चौथोमा दक्षिण अफ्रिका र पाँचौंमा अष्ट्रेलिया रहेको छ । 

एक दिवसीय क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भारतका कप्तान विराट कोहली यथावत् रहेका छन् । यस्तै भारतकै रोहित शर्मा दोस्रो, न्युजिल्याण्डका रोस टेलर तेस्रो, दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विण्टन दी कक चौथो तथा दक्षिण अफ्रिकाकै कप्तान फाफ डुप्लेसिस पाँचौँ स्थानमा रहेका छन् । 

अलराउण्डरतर्फ अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा रहँदा बङ्गलादेशका शकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, पाकिस्तानका मोहोमद हफिज चौथो र न्युजिल्याण्डका मिचेल स्टाननर पाँचौँ स्थानमा रहेका छन् । आइसिसीले प्रत्येक महीना ती देशहरुले खेलेका प्रतियोगिताका आधारमा अङ्क निर्धारण र वरियता सार्वजनिक गर्नेगर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी