२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL- राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै किंग्स इलाभेन पंजावको पहिलो जित

२०७५, ११ चैत्र सोमबार १८:३६

चैत १२, काठमाडौँ | आइपीएल सिजन १२ अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै किंग्स इलाभेन पंजावले यस सिजनको पहिलो जितको खाता खोलेको छ |

टस जितेर फिल्ड रोजेको राजस्थानलाई हराउने क्रममा किंग्स ईलाभेन पंजावले पहिले ब्याटिङ गर्दै क्रिस गेलले ४७ बलमा ७९ रन, सरफराज खानले नट आउट २९ बलमा ४६ रन, मयंक अग्रवालले २४ बलमा २२ रन, निकोलस पुरणले १२, लोकेश राहुलले ४ बलमा ४ रन र मनदीप सिङले नट आउट रही २ बलमा ५ रन जोडे | यसरी किंग्सले राजस्थानलाई पुरा २० ओभरमा १८५ रन को लक्ष्य प्रस्तुत गर्यो | किंग्ससँगको विकेट लिने क्रममा बेन स्टकले २, धावन कुल्कर्नी र क्रिश्नप्पा गौतमले १/१ विकेट लिएका थिए | 



१८५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सका ओपनर ब्याट्सम्यान जोस बटलरले नट आउट रही ४३ बलमा ६९ रन जोडे | त्यस्तै संजु सामसनले ३० रन, अजिंक्य राहनेले २७ रन, स्टेभ स्मीथले २० रन जोडे बाँकी खेलाडीले ६ रन कटाउन नसक्दा राजस्थान रोयल्सले किंग्स ईलाभेन पंजावले दिएको १८५ रनको लक्ष्य भेट्न सकेन | अन्तिम ओभरसम्म आफ्नो जितको सम्भावना कायमै राखेको राजस्थान रोयल्स अन्तिम ओभरमा खेलमा फिर्ता हुन सकेन | राजस्थानलाई लक्ष्यमा पुग्न नदिने क्रममा किंग्स इलाभेन पंजावका सम कुरन, मुजीब उर रहमान र अंकित राजपुतले समान २/२ विकेट लिए भने रविचन्द्र आस्वीनले १ विकेट लिएका थिए |


खेलमा किंग्सका रविचन्द्र आस्वीनले १ विकेट मात्र लिएनन् उनले २४ बलमा २० रन मात्र दिएर जितका लागि महत्वपूर्ण खेल खेले | सोमबारको खेलमा म्यान अफ द म्याच क्रिस गेल बने | 

आईपीएल सिजन १२ मा अब भोलीको खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच बेलुका ८:१५ बजे हुनेछ | 

आइपीएल सिजन १२ अन्तर्गत ८ टिमले प्रतिष्पर्धा गर्दैछन् | जसमा दिल्ली क्यापटल, किंग्स इलाभेन पंजाव, चेन्नई सुपर किंग्स, कोलकाता नाइटराइडर्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेंजर्स ब्यांग्लोर, राजस्थान रोयल्स र मुम्बई इन्डियन्स रहेका छन् | 

हालसम्म ४ खेल सम्पन्न भईसकेको अवस्थामा हेर्नुहोस् आइपिलएलमा कुन टिम कतिऔं स्थानमा छ ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी