२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट: सन्दिप लामिछानेको टिम दिल्ली चेन्नईसँग ६ विकेटले पराजित

२०७५, १२ चैत्र मंगलवार १८:१६

चैत १२, काठमाडौँ | इंडियन प्रीमियर लीग (आईपीएल) को १२ औं संस्करण अन्तर्गत ५ औं खेलमा फिरोजशाह कोटला स्टेडियममा दिल्ली क्यापिटललाई चेन्नई सुपरकिंग्सले ६ विकेटले पराजित गरेको छ । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले चेन्नई सुपर किंग्सलाई ६ विकेट गुमाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जुन लक्ष्यलाई चेन्नईले १९.४ ओभरमा पुरा गर्दै जित हाँसिल गर्यो । 

खेलमा दिल्लीका ओपनर पृथ्वी सावले १६ बलमा २४ रन जोडे भने अर्का ओपनर शिखर धावनले ४७ बलमा ५१ रङ जोडे । त्यस्तै रिसव पन्तले १३ बलमै २५ रन जोडे भने श्रेयस ऐयरले २० बलमा १८ रन जोडे । त्यस्तै कोलिन इनग्रामले २ रन र नटआउट रही अक्षर पटेल र राहुल टेवतियाले क्रमश ९ र ११ रन जोडे । यसरी ६ विकेटको क्षतिमा दिल्लीले १४७ रनको स्कोर जोड्यो ।  


दिल्लीबिरुद्ध फिल्डीङको क्रममा चेन्नईका द्वाने ब्रावोले ३ विकेट लिन सफल भए । त्यस्तै दिपक चाहर, रविन्द्र जाडेजा र इमरान ताहिरले १/१ विकेट लिए । 

दिल्लीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई सुपर किंग्सका सेन वाटसनले ४४ रन, अम्बाती रायाडूले ५ रन, सुरेस रैनाले ३० रन, केदार ज्यादभले २७ रन, कप्तान एमएस धोनीले नट आउट रही ३२ रन र अन्त्यमा ब्याटिङ सम्हालेका ब्राभोले ४ रन जोडे । यसरी चेन्नईले १४८ रनको लक्ष्य १९.४ ओभरमा पुरा गर्दै १५० रन बनाउँदा दिल्ली पराजित बन्यो । चेन्नईको विकेट लिने क्रममा दिल्ली क्यापिटलका अमित मिश्रले २ विकेट, इसान्त शर्माले १ विकेट, कागीसो रबडाले १ विकेट लिए । तर दिल्लीले खेलमा जित्न सकेन । आइपिएल सिजन १२ को खेलमा चेन्नईको यो लगातार दोश्रो जित हो भने दिल्लीको पहिलो हार हो । यस अघि दिल्लीले १ जित दर्ता गरिसकेको छ । 


दिल्लीको तर्फबाट यस पटकको आइपीएलमा सन्दिप लामिछानेले पनि खेल्दैछन् तर दिल्लीको दोश्रो खेलसम्म सन्दिपले खेलमा उत्रने अवसर पाएका छैनन् । मंगलबार रातिको खेलमा दिल्लीको कमजोर फिल्डीङबारे बोल्दै कमेन्टरले दिल्लीको बिकल्पमा सन्दिप लामिछाने रहेको बताएका थिए ।

अब आइपीएल सिजन १२ अन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र किंग्स इलाभेन पन्जावबीच खेल बेलुका ८:१५ बजे हुनेछ  ।

आइपीएलको पाँचौ खेलसम्मको अवस्था हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति