२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएलमा रसेलको दवदवा: कोलकाताले लगातार दोश्रो खेल जित्यो, पंजाव २८ रनले पराजित

२०७५, १४ चैत्र बिहीबार ०१:५४

चैत १३ काठमाडौँ | आईपीएलको छैटौं खेल अन्तर्गत ईडन गार्डन्समा भएको  खेलमा कोलकाता नाइटराइडर्सले किंग्स इलेवन पन्जाबलाई २८ रनले पराजित गरेको छ । कोलकाताबाट २१९ रन को लक्ष्य पछ्याएको पंजाबको टिमले २० ओभरमा चार विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो । 


कोलकाताको लागि बुधबारको लगातार दोश्रो जीत हो । यस अघि उसले सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो । कोलकाताको लागि रबिन उथप्पाले ६७, नीतीश राणाले ६३ र आन्द्रे रसेलले ४८ रनको महत्वपूर्ण पारी खेले । उता, पंजाबका डेविड मिलरले ५९ र मयंक अग्रवालले ५८ रन बनाएका थिए ।


पन्जाबको मिलरले मयंक अग्रवालसँग चौथो विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए । उनले मंदीप सिंह (३३ रन) को साथ पाँचौं विकेटको लागि नटआउट रही ५६ रनको पनि साझेदारी गरे, तार टीमको जित भने दिलाउन सकेनन । कोलकाताको लागि रसेलले तीन ओभरमा २१ रन दिएर दुई विकेट लिए । यस जितको साथ कोलकाताको टिम दुई जीतसंगै अंक तालिकामा पहिलो स्थानमा पुगेको छ । रसेलले लगातार दोश्रो म्याचमा पनि म्यान अफ द म्याच अवार्ड पाउन सफल भए ।

म्याचको टर्निंग प्वाइंट


कोलकाताको पारीमा आन्द्रे रसेलले मात्र ३ रनको निजी स्कोरमा खेल्दै थिए । तव १७ औं ओभरको अन्तिम बलमा शमीले रसेललाई बोल्ड गरिदिए । रसेल पवेलियन फर्कदै थिए, तर अम्पायरले नो-बलको संकेत गरिदिएर रसेल आउट नभएको घोषणा गरे । कारण थियो , ३० गजको रेखाभीत्र कम्तिमा चार जना फिल्डर हुनुपर्ने थियो, तर त्यतिबेला पन्जाबका तीन जना मात्र खेलाडी उक्त रेखा भीत्र थिए । रसेलले यसै जीवनदानको पछी ४५ रन थप जोडिदिए ।

रसेलले १७ बलमै ४८ रन बनाईदीए, पाँच छक्का पनि प्रहार गरे । यसरी कोलकाताले खेलमा महत्वपूर्ण स्कोर जोड्न सफल भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति