२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेटको विकासमा कर्णाली सरकार निरिह, आयोजक नै बनाउँदैछन् खेल मैदान

२०७५, १६ चैत्र शनिबार १४:०५

चैत १६, सुर्खेत | कर्णालीमा क्रिेकटप्रति खेलाडीहरुको क्रेज बढेपनि राज्यले उपेक्षा गरेको छ । खेल क्षेत्रको विकास लागि सरकारले बजेट छुट्याए पनि खर्च नहुँदा खेल आयोजक नै प्रतियोगिता सञ्चालन गर्न मैदान बनाउन बाध्य छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरिय रंगशाला निर्माणका लागि सात करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको नौं महिना वित्दा समेत मन्त्रालयले उक्त रकम कसरी खर्च गर्ने भन्ने निक्र्यौल गरेको छैन् । तर आगामी बैशाखमा आयोजना गर्न लागिएको कर्णाली प्रिमियर लिग क्रिक्रेट प्रतियोगिताको दोस्रो संस्करणका लागि खेल अगुवाहरु चन्दा उठाएर मैदान बनाउन थालेका छन् । 

प्रदेशकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता सञ्चालनका लागि सरकारी निकायसंग आग्रह गर्दा सहयोग नपाएको गुनासो कर्णाली प्रिमियर लिगका संयोजक रेशम शाहीको छ । ‘सरकारी निकायलाई प्रतियोगिता सञ्चालन गर्न सहयोग माग्दा सहयोग पाएनौं’ शाहीले भने, ‘प्रदेश सरकारबाट सहयोग पाउने आश्वासन नपाएपछि व्यक्तिगत सहयोगबाट प्रतियोगिता सञ्चालन गर्न मैदान निर्माण गरिरहेका छौं ।’

ठूला प्रतियोगिता सञ्चालन गर्न सरकारले नै आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुको सट्टा बजेट नै फ्रिज हुने अवस्थामा पुगेको छ । क्रिकेटमै भविष्य बनाउने सपना बोकेका खेलाडीहरु सरकारी उपेक्षाले निराश छन् । किक्रेट मैदानविहिन वीरेन्द्रनगरमा आवश्यक मैदान निर्माणप्रति सरकारले चासो नदेखाएको दुखेसो शाहीको छ । ‘सरकारले नै खेलाडीहरुलाई हौसला दिन कार्यक्रम सञ्चालन गर्नुपर्ने हो’ शाहीले थपे, ‘नीजि क्षेत्रबाट प्रतियोगिता गर्छौं सहयोग गर्दिनुहोस् भन्दा समेत सहयोग पाउने स्थिति छैन् ।’ कर्णालीमा खेलकुद गतिविधि बढ्दै गएपनि गतिलो खेल मैदान नहुदाँ ठूला प्रतियोगिता संञ्चालन गर्न समस्या छ । 


मैदान अभावकै कारण खेलाडीहरू खाली ठाउँको उपयोग गर्दै अभ्यास गरिरहेका छन् । तर नीति बनाएर आागामी दिनमा क्रेक्रेट लगायत अन्य मैदानको निर्माणको काम थाल्ने आश्वासन सामाजिक विकास मन्त्रालयका सचिव डा. मनबहादुर विकेको छ । उनले प्रदेशस्तरिय रंगशाला निर्माणका लागि गुरुयोजना बनाउन मन्त्रालयले गृहकार्य थालेको जानकारी दिए । प्रदेशका ९ जिल्ला अन्य प्रतियोगिता सञ्चालन गर्न मैदान निर्माणको लागि सम्झौता भएको बताए । तर प्रदेश रंगशाला निर्माणको काम चालु आर्थिक वर्षमा शुरु नभए अर्को आर्थिक वर्षमा काम थाल्ने दावी गरे । 

बैशाखमा सञ्चालन गर्न लागिएको केपिएल प्रतियोगिताका लागि वीरेन्द्रनगरको कालुंचौक मैदानलाई आयोजकले मैदान मर्मत गरिरहेका छन् । तर खेलप्रेमी र खेलाडीहरुले भने सरकारलाई क्रिकेट रंगशाला निर्माण गर्न गम्भीर हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति