२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेलाई आउट गर्दै साम कुरानको IPL मा पहिलो ह्याट्रिक, दिल्ली १४ रनले पराजित

२०७५, १८ चैत्र सोमबार १८:५०

चैत १९, काठमाडौँ | आईपीएलको १३ औं खेलमा किंग्स इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ । पन्जाबले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रम दिल्लीको टीम १९.२ ओभरमा १५२ रनमा अल आउट हुन पुग्यो । पन्जाबको लागि साम करनले ह्याट्रिक विकेट लिए । उनले २.२ ओभरमा ११ रन मात्र दिएर कुल चार विकेट आफ्नो नाममा लेखाए ।


दिल्लीको लागि ब्याटिङका क्रममा पृथ्वी साव बिना रन आउट बने । त्यसपछि शिखर धावनले ३० रन, श्रेयस एऐरले २८ रन, रिशव पन्तले ३९ रन, कोलिन इनग्रामले ३८ रन, हनुमा बिहारीले २ रन र आभेश खानले ४ रन बनाए । बाँकी खेलाडीहरु क्रिस मोरिस, हर्सल पटेल, कगीसो रबडा र सन्दिप लामिछानेले कुनै रन बनाउन सकेनन् । खेलमा दिल्लीको विकेट लिने क्रममा हर्सल पटेल, कगीसो रवडा र सन्दिप लामिछानेको विकेट लिएर IPL इतिहाँसमा सबैभन्दा युवा ह्याट्रिक प्लेयर बन्न सफल भए । 


यस अघि पन्जाबको लागि डेविड मिलरले ४२ र सरफराज खानले ३९ रन बनाए । दुवै जनाले चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे । मन्दीप सिंह २९ रन बनाएर नट आउट रहे । उनले आफ्नो पारीमा दुई चौका र एक छक्का प्रहार गरे । पन्जाबका स्याम करनले २०, लोकेश राहुलले १५, मयंक अग्रवालले ६, हार्डुस विलजोएनले १ , रविचंद्रन अश्विनले ३, मुरुगन अश्विनले १ र मोहम्मद शमीले एक बिना रन आउट भए । यसरी पन्जाबले दिल्लीसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दिल्लीको लागि  क्रिस मरिसले ३, सन्दीप लामिछाने र कगिसो रबाडाले २/२ विकेट विकेट लिएका थिए । 



आजको खेलमा पन्जाबले क्रिस गेल र एन्ड्रयू टायलाई खेलमा आराम दिएको थियो । गेलको स्थानमा स्याम करन र टायको स्थानमा मुजीब उर रहमानलाई खेलाइयो । त्यस्तै, दिल्लीले टीममा एक मात्र बदलाव गर्यो, जसमा अमित मिश्रको स्थानमा आवेश खानलाई टीममा खेलाईएको थियो ।

नौ बर्षदेखि मोहाली क्रिकेट ग्राउण्डमा जित्न सकेन दिल्ली

पन्जाव र दिल्ली दुवै टिमको लागि आजको खेल चौथो खेल हो । आजको खेल सहित दिल्लीले ४ मा २ खेल जित्दै हालसम्मको IPL तालिकामा पाँचौं स्थानमा झरेको छ । त्यस्तै पन्जावले आजको खेल जित्दै ४ मा ३ खेल जितेको छ । यस अनुसार पन्जाव IPL तालिकामा दोश्रो नम्बरमा उक्लिएको छ । आईपीएलमा दिल्ली र पन्जाबबीच आज सहित २३ खेल भईसकेका छन् । जसमा दिल्लीले ९ र  पन्जाबले १४ खेल जितेको छ ।


दुवै तिम्ले मोहाली क्रिकेट ग्राउण्डमा ६ म्याच खेलेका छन् । जसमा दिल्लीले मात्र एक खेल जितेको छ । दिल्लीले मोहालीमा १३ मार्च २०१० मा जित हाशिल गरेको थियो । त्यसपछि मोहालीमा भएको ५ खेलमा दिल्लीले जित्न सकेन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति