८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पौडेलको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा

२० चैत्र २०७५, बुधबार ०८:४२

चैत २०, काठमाडौँ । यही चैत २७ गतेदेखि मलेशियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एसिया छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिएको छ । चौध सदस्यीय नेपाली युवा टोलीमा कप्तान रोहितसहित चार खेलाडी भीम सार्की, पवन सर्राफ र सन्दीप जोरा छन् ।     

त्यस्तै रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी, सूर्य तामाङ रहेको छन् । वैकल्पिक खेलाडीमा लोकेश बम, शेर मल्ल, आकास चन्द र रविकुमार साह छन् । त्यस्तै व्यवस्थापकमा रमन सिवाकोटी, मुख्य प्रशिक्षकमा विनोदकुमार दास र फिजियोमा विक्रम न्यौपाने रहेको प्रशिक्षक दासले जानकारी दिए । प्रतियोगिता खेल्न नेपाल आगामी शनिबार मलेशिया प्रस्थान गर्ने तालिका रहेको छ ।     

नेपालले छनोटको पहिलो खेलमा यही चैत ३० गते संयुक्त अबर इमिरेट्स (युएइ)सँग खेल्नेछ । दोस्रो खेलमा आगामी वैशाख २ गते मलेशियासँग, वैशाख ३ गते ओमनसँग र वैशाख ५ गते कुवेतसँग खेल्नेछ । प्रतियागितामा शीर्ष स्थानमा रहने टोली युवा विश्वकपमा छनोट हुनेछ । दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी