२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाइल्याण्डमा हुने यु–१६ क्रिकेटका लागि नेपाली क्रिकेट टोलीको घोषणा, टोलीमा को को परे ?

४ बैशाख २०७६, बुधबार ११:३०

बैशाख ४, काठमाडौँ । थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलि चयन भएको छ । बुधवार १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको हो । यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् । 

छनोट हुने अन्य खेलाडीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल र किस कार्की छन् । त्यसैगरी तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा पनि छनोटमा परेका छन् । वैकल्पिकतर्फ अभिशेक गौतम, पर्शुराम यादव, अरबाज अन्सारी र विवेक दर्शी रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही वैशाख ७ गते म्यान्मासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । 

समूह ए’ मा रहेको नेपालको समूहमा आयोजक थाइल्याण्ड र मलेसिया छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, भुटान र चीन रहेका छन् । नेपाली टोली बिहीबार थाइल्याण्ड जानेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने