२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट: हैदरावादद्वारा चेन्नई ६ विकेटले पराजित (८ टिम कुन-कुन स्थानमा ?)

२०७६, ४ बैशाख बुधबार १८:१५

वैशाख ५, काठमाडौँ | आइपीएल सिजन १२ अन्तर्गत बिहिबार राति भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । आइपीएलको ३३ औं खेल अन्तर्गत बुधबार राति भएको खेल राजीव गान्धी स्टेडियममा चेन्नई सुपरकिंग्सलाई सनराइजर्स हैदराबादले जित हासिल गरेको हो । 


हैदरावाद बिरुद्धको खेलमा कप्तान महेन्द्र सिंह धोनीले खेलेका थिएनन् । जसको अभाव चेन्नईले व्यहोर्नु परेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले हैदराबादलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा उत्रिएको हैदराबादले ४ विकेटको क्षेतीमा १६.५ ओभरमै चेन्नईले दिएको लक्ष्य पुरा गरिदियो । 

चेन्नईले यस सीजनमा बुधबारको खेलसम्ममा ९ खेल मध्ये ७ खेल जितिसकेको छ जो अझै पनि शिर्ष स्थानमै छ । चेन्नईले १४ अंक पाईसकेको छ । बुधबार रातिको खेल जितेको भए चेन्नईले १६ अंक पाएर प्लेअफ मा पुग्थ्यो तर बुधबार रातिको खेलमा पराजित भएर चेन्नईले उक्त अवसर गुमाउन पुग्यो ।


चेन्नईले टस जितेर पहिले ब्याटिङ गर्ने क्रममा सेन वाटसनले २९ बलमा ४ चौका सहित ३१ रन, फाफ डुप्लेसीले ३ चौका र ३ छक्का सहित ३१ बलमा सर्वाधिक ४५ रन, सुरेश रैनाले १३ बलमा १३ रन, अम्बती रायादुले नट आउट रही २१ बलमा २५ रन, केदार जादभले मात्र २ बल खेलेर १ रन बनाए भने साम बिलीन्गसले ४ बलमा कुनै रन बनाउन सकेनन् । त्यस्तै खेलमा रविन्द्र जाडेजाले नट आउट रही २० बलमा १० रन मात्र बनाउन सके । यसरी चेन्नईले जम्मा १३२ रन मात्र बनाउन सक्यो । चेन्नईको विकेट लिने क्रममा हैदरावादका रशिद खानले १३ डट बल खेल्दै २ विकेट लिए भने खलिल अहमद , सहबाज नदीम र विजय शंकरले १/१ विकेट लिए । 


खेलमा हैदरावादको लागि जोनी बाइर्स्तोले नट आउट भई ४४ बलमा सर्वाधिक ६१ रन बनाए । उनले ३ छक्का र ३ चौका प्रहार गरेर उक्त स्कोर जोडेका हुन् । त्यस्तै अर्का ओपनर डेभिड वार्नरले २५ बलमा १० चौका प्रहार गर्दै ५० रन जोडे । ओपनरहरुको निकै उत्कृष्ट पर्दर्शनले सुरुवातमै चेन्नई दवाबमा परेको थियो ।


खेलमा यी खेलाडीका अलावा केन विलियमसनले ५ बलमा ३ रन, विजय शंकरले ११ बलमा ११ रन, दीपक हुडाले १६ बलमा १३ रन र युसुफ पठानले कुनै बल खेल्न नपाई हैदरावादले चेन्नईले दिएको लक्ष्य पुरा गर्न सफल भयो । हैदरावादको विकेट लिने क्रममा इमरान ताहिरले २ विकेट लिए भने दीपक चाहर र कर्ण शर्माले १/१ विकेट लिए । 


३३ औं खेलसम्ममा ८ टिमको प्वाइन्टटेवल हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो