८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल विश्वकपमा छनोट हुन सकेन

५ बैशाख २०७६, बिहीबार १०:१६

वैशाख ५, काठमाडौँ | मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

आज भएको अन्तिम खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गरे पनि विश्वपकमा भने छनोट हुन सकेन । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जीतमा रित गौतम र पवन सर्राफले अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि रित र पवनले ९३ रनको साझेदारी गरेका थिए । रित ६२ रनमा आउट हुँदा पवनले ५३ रन बनाए । यस्तै आसिफ शेखले अविजित ३३ रन बनाए ।

कुवेतका अब्दुल शादिक र हमुद अमनउल्लाहले एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर चार बलमा अलआउट हुँदै १५७ रन बनाएको थियो ।

कुवेतका लागि नोमन बुन्द्रोले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै गोकुल कुमारले ३६ तथा हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाएका थिए । नेपालका कप्तान रोहित कुमार पौडेलले तीन विकेट लिए । यस्तै कुशल मल्ल, सूर्य तामाङ र राशिद खानले समान दुई/दुई विकेट लिए ।

कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपमा छनोट हुन सकेन । नेपालले दोस्रो स्थानमा रहेर छनोट खेल सकाएको छ । नेपालले पाँच खेलमा चारमा जीत र एक हारसहित आठ अङ्क जोड्न सफल भयो । छनोटबाट संयुक्त अबर इमिरेट् (युएइ) पाँच खेलबाट पाँचमै जीत निकाल्दै विश्वकपमा छनोट भएको छ । छनोटमा नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनले पराजित गरेकामा  दोस्रो खेलमा युएईसँग एक रनले पराजित भएको थियो । यस्तै नेपालले तेस्रो खेलमा मलेसियालाई आठ विकेट र चौथो खेलमा ओमानलाई १५० रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी