८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: मुम्बईले लियो दिल्लीसँग बदला, घरेलु मैदानमा दिल्ली ४० रनले पराजित (अंक तालिका सहित)

५ बैशाख २०७६, बिहीबार १८:३५

वैशाख ६, काठमाडौँ | दिल्लीको घरेलु मैदानमा भएको खेलमा मुम्बईले दिल्लीलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । दिल्लीको घरेलु मैदान फिरोजशाह कोटलामा आइपीएलको ३४ औं खेलमा मुम्बई इन्डीएन्सले खेल जितेको हो । यस अघि मुम्बईमै गएर दिल्लीले मुम्बईलाई पराजित गरेको थियो, त्यसैको बदला स्वरूप मुम्बईले दिल्ल्लीको घरेलु मैदानमा दिल्लीलाई नै पराजित गरेको छ  ।


खेलमा पहिले टस जितेर मुम्बईले ब्याटिङ रोजेको थियो । खेलको क्रममा पुरा २० ओभरको खेल खेल्दै मुम्बईले ५ विकेटको क्षेतिमा १६८ रन जोड्यो । दिल्लीको टीमले मुम्बईबाट पाएको १६९ रनको लक्ष्य पुरा ओभर खेलेर ९ विकेट गुमाउदा पनि पुरा गर्न सकेन । उसले २० ओभरको पुरा खेलमा १२८ रन मात्र बनाउन सक्यो । मुम्बईको लागि रोहित शर्माले ३०, डी ककले ३५, हार्दिक पाण्डेले ३२ र कृणाल पाण्डेले नट आउट ३७ रनको पारी खेलेका थिए । दिल्लीको लागि कगीसो रबडाले २ विकेट, अमित मिश्र र अक्षेर पटेलले १/१ विकेट लिए । 


खेलमा मुम्बईले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीका लागि पृथ्वी शाले २० रन, शिखर धावनले ३५ रन, कोलिन मुनरोले ३ रन, श्रेयस ऐएरले ३ रन, रिशभ पन्तले ७ रन, अक्षर पटेलले २६ रन, क्रिस मोरिसले ११ रन, कगीसो रवाडाले ९ रन, अमित मिश्रले नट आउट ६ रन जोडे । यसरी दिल्लीले कुल २० ओभरको खेलमा १२८ रन मात्र जोड्न सक्यो । दिल्लीलाई सस्तैमा समेट्नको लागि मुम्बईका राहुल चाहरले ३, जस्प्रीत बुम्राहले २, क्रुनाल पाण्डेले १, लासिथ मालिंगाले १ र हार्दिक पाण्डेले १ विकेट लिए । 


खेल जितेसँगै मुम्बई इन्दिएन्सले आईपीएल सिजन १२ को ३४ औं खेलसम्मको अंकतालिकामा दिल्लीको स्थानलाई तेश्रोमा झार्दै आफूलाई दोश्रो स्थानमा पुर्याएको छ । पहिलो स्थानमा चेन्नई सुपरकिंग्सले ९ खेलमा ७ खेल जितेको छ भने मुम्बई इन्डीएन्सले ९ खेलमा ६ खेल जित्दै दोश्रो स्थान लिएको छ । त्यस्तै दिल्ल्ली क्यापिटलले ९ खेलमा ५ खेल जित्दै तेश्रो स्थान लिएको छ । यता चौथो स्थानमा किंग्स इलाभेन् पन्जाव छ, उसले ९ खेलमा ५ खेल जितेको छ । बाँकी ४ टिमले ८/८ खेल खेलेका छन् । जसमा हैदरावाद, कोल्काता, राजस्थान र ब्यांग्लोरले क्रमश ४, ४, २ र १ खेल जितेका छन्  । 

हेर्नुहोस् ३४ औं खेलसम्मको अंकतालिका 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी