२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: मुम्बईले लियो दिल्लीसँग बदला, घरेलु मैदानमा दिल्ली ४० रनले पराजित (अंक तालिका सहित)

२०७६, ५ बैशाख बिहीबार १८:३५

वैशाख ६, काठमाडौँ | दिल्लीको घरेलु मैदानमा भएको खेलमा मुम्बईले दिल्लीलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । दिल्लीको घरेलु मैदान फिरोजशाह कोटलामा आइपीएलको ३४ औं खेलमा मुम्बई इन्डीएन्सले खेल जितेको हो । यस अघि मुम्बईमै गएर दिल्लीले मुम्बईलाई पराजित गरेको थियो, त्यसैको बदला स्वरूप मुम्बईले दिल्ल्लीको घरेलु मैदानमा दिल्लीलाई नै पराजित गरेको छ  ।


खेलमा पहिले टस जितेर मुम्बईले ब्याटिङ रोजेको थियो । खेलको क्रममा पुरा २० ओभरको खेल खेल्दै मुम्बईले ५ विकेटको क्षेतिमा १६८ रन जोड्यो । दिल्लीको टीमले मुम्बईबाट पाएको १६९ रनको लक्ष्य पुरा ओभर खेलेर ९ विकेट गुमाउदा पनि पुरा गर्न सकेन । उसले २० ओभरको पुरा खेलमा १२८ रन मात्र बनाउन सक्यो । मुम्बईको लागि रोहित शर्माले ३०, डी ककले ३५, हार्दिक पाण्डेले ३२ र कृणाल पाण्डेले नट आउट ३७ रनको पारी खेलेका थिए । दिल्लीको लागि कगीसो रबडाले २ विकेट, अमित मिश्र र अक्षेर पटेलले १/१ विकेट लिए । 


खेलमा मुम्बईले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीका लागि पृथ्वी शाले २० रन, शिखर धावनले ३५ रन, कोलिन मुनरोले ३ रन, श्रेयस ऐएरले ३ रन, रिशभ पन्तले ७ रन, अक्षर पटेलले २६ रन, क्रिस मोरिसले ११ रन, कगीसो रवाडाले ९ रन, अमित मिश्रले नट आउट ६ रन जोडे । यसरी दिल्लीले कुल २० ओभरको खेलमा १२८ रन मात्र जोड्न सक्यो । दिल्लीलाई सस्तैमा समेट्नको लागि मुम्बईका राहुल चाहरले ३, जस्प्रीत बुम्राहले २, क्रुनाल पाण्डेले १, लासिथ मालिंगाले १ र हार्दिक पाण्डेले १ विकेट लिए । 


खेल जितेसँगै मुम्बई इन्दिएन्सले आईपीएल सिजन १२ को ३४ औं खेलसम्मको अंकतालिकामा दिल्लीको स्थानलाई तेश्रोमा झार्दै आफूलाई दोश्रो स्थानमा पुर्याएको छ । पहिलो स्थानमा चेन्नई सुपरकिंग्सले ९ खेलमा ७ खेल जितेको छ भने मुम्बई इन्डीएन्सले ९ खेलमा ६ खेल जित्दै दोश्रो स्थान लिएको छ । त्यस्तै दिल्ल्ली क्यापिटलले ९ खेलमा ५ खेल जित्दै तेश्रो स्थान लिएको छ । यता चौथो स्थानमा किंग्स इलाभेन् पन्जाव छ, उसले ९ खेलमा ५ खेल जितेको छ । बाँकी ४ टिमले ८/८ खेल खेलेका छन् । जसमा हैदरावाद, कोल्काता, राजस्थान र ब्यांग्लोरले क्रमश ४, ४, २ र १ खेल जितेका छन्  । 

हेर्नुहोस् ३४ औं खेलसम्मको अंकतालिका 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति