२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट: कोलकाताद्वारा लगातार ५ पटक हारेको ब्यांग्लोरले जित्यो, कोहलीको शतक

२०७६, ६ बैशाख शुक्रबार १८:४९

वैशाख ७, काठमाडौँ | आईपीएलको ३५ औं खेल अन्तर्गत शुक्रवार राति ईडन गार्डन्स मा रोयल च्यालेन्जर्स ब्यांग्लोरले कोलकाता नाइटराइडर्सलाई २१४ रन का लक्ष्य दियो । तर उक्त रनको लक्ष्य कोलकाताले पुरा गर्न नसक्दा ब्यांग्लोर बिजयी बनेको छ । ब्यांग्लोरको लागि आइपीएलमा ९ खेल मध्ये दोश्रो जितसँगै कोलकातासँग आइपीएलको लगातारको ५ हार पछिको महत्वपूर्ण जित पनि बनेको छ । 


खेलमा पहिले टस जितेर फिल्ड रोजेको कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ४ विकेट लिएर २१४ रन बनाउन दियो । खेलमा ब्यांग्लोरको लागि कप्तान बिराट कोहलीले १०० रन जोडे । बिराटले ५८ बलमा ४ छक्का र ९ चौका प्रहार गरेका थिए । त्यस्तै मोइन अलिले २८ बलमै ६६ रनको फराकिलो स्कोर बनाए । पार्थिव पटेलले ११ बलमा ११ रन, अक्षेदिप नाथले १३ रन र मार्कस स्टोइन्सले नटआउट रही ८ बलमा १७ रन जोडे । ब्यांग्लोरको ४ विकेट लिने क्रममा कोलकाताका हरी गुर्नी, सुनिल नारिने, आन्द्रे रशेल र कुलदिप यादवले १/१ विकेट लिए । 


ब्यांग्लोरका कप्तान बिराट कोहलीको सतकीय पारी र अन्य ब्याट्सम्यानको महत्वपूर्ण स्कोरबाट जोडिएको २१३ रनसँगै कुल २१४ रन बनाउने बिजयी लक्ष्य लिएको कोलकाताको लागि क्रिस लिनले १ रन, सुनिल नारिनेले १८ रन, शुभमान गीलले ९ रन, रोविन उथाप्पाले ९ रन र आन्द्रे रसेलले ६५ रन जोडे । रशेलले २५ बलमै ६५ रन जोड्न सफल भए भने नितिश रानाले ४६ बलमा ८५ रन जोडे । पछिल्ला ब्याट्सम्यानको महत्वपूर्ण पारीका वावजुत कोलकाताले पुरा २० ओभरमा ५ विकेट गुमाई २०३ रन मात्र जोड्यो । कोलकातालाई बिजयी लक्ष्यमा पुग्न रोक्ने क्रममा ब्यांग्लोरका डाले स्टेनले २ विकेट लिए भने नवदीप साइनि र मार्कस स्टोनिसले १/१ विकेट लिन सफल भए  । 


३५ औं खेलसम्मको अंकतालिका तल हेर्न सक्नुहुन्छ 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति