८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिपको उत्कृष्ट ३ विकेटसँगै दिल्लीले पन्जावलाई हरायो, कप्तानले यसरी गरे सन्दिपको तारिफ

७ बैशाख २०७६, शनिबार १९:४१

वैशाख ८, काठमाडौँ | इन्डियन प्रीमियर लीगको १२ औं सीजन अन्तर्गत ३७ औं खेल फिरोजशाह कोटला मैदानमा भयो । उक्त खेलमा दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पन्जाबबीच खेल भयो । जुन खेलमा दिल्ली क्यापिटलले पन्जावलाई ५ विकेटले पराजित गर्यो । खेलमा श्रेयस अय्यर र शिखर धवनको शानदार ब्याटिङको मद्धतले दिल्ली क्यापिटलले पन्जाव विरुद्ध जित हाँशिल गरेको हो । 


खेलमा जितका लागि दिल्लीका श्रेयस अय्यरले नट आउट (५८ रन) र शिखर धवनले (५६ रन) को शानदार ब्याटिङ गरे । त्यस्तै दिल्लीको लागि ओपनर ब्याट्सम्यान पृथ्वी शाले ११ बलमा १३ रन बनाए । त्यस्तै रिशभ पन्तले ७ बलमा ६ रन, कोलिन इन्ग्रामले ९ बलमा १९ रन, अक्षेर पटेलले १ रन र शेरफान रुथफर्डले २ रन जोडे ।  यसरी दिल्लीले २० ओभरको खेल सकिन २ बल बाँकी छंदै कुल १६६ रन जोडेर जित हात पार्यो । दिल्लीको विकेट लिने क्रममा पन्जावका हार्दुस भिलजोइनले २ विकेट र मोहम्मद शमीले १ विकेट लिए । दिल्लीको २ विकेट रन लिने क्रममा गुमाउन पुग्यो । 

खेलमा पहिले ब्याटिङको निम्तो पाएको किंग्स इलाभेन पन्जावले पुरा ओभरमा ८ विकेट गुमाई १६३ रन बनाएको थियो । १६३ रन जोड्ने क्रममा पन्जावका क्रिस गेलले सर्वाधिक ६९ रन जोडे । उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गरि उक्त रन जोडेका हुन् । उनको आक्रामक पारीलाई नेपालका सन्दिप लामिछानेले अन्त्य गर्दै महत्वपूर्ण विकेट लिए । त्यस्तै पन्जावका लागि केएल राहुलले ९ बलमा १२ रन, मयंक अग्रवालले ९ बलमा २ रन, डेभिड मिलरले ५ बलमा ७ रन, मनदीप सिङले २७ बलमा ३० रन जोडे भने साम कुरानले कुनै रन नजोडी ४ बल खपत गरेर आउट भए । खेलमा रविचन्द्र आश्वीनले १४ बलमा १६ रन लिए । त्यसपछि आएका हरप्रीत ब्रर र हार्दुस भीलजोइनले नट आउट रही क्रमश २० र २ रन बनाए । 


पन्जावको ७ विकेट लिने क्रममा दिल्ली क्यापिटलका सन्दिप लामिछानेले ३ विकेट लिए । सन्दीपले केएल राहुल, क्रिस गेल र साम कुरानको विकेट लिएका हुन् । सन्दिप लामिछानेले ३ महत्वपूर्ण विकेटका बाबजुत महँगो रन दिए उनले आजको खेलमा ४ ओभरमा १२ डट बल खेल्दै ४० रन दिए । त्यस्तै खेलमा कगीसो रवाडाले २ विकेट लिए भने अक्षर पटेलले २ विकेट लिए । 


खेल पछि कमेन्न्ट्रीबक्समा कमेन्टले सन्दिप लामिछानेलाई आजको पिचमा खेलाउदा रन स्कोर महँगो भए पनि उनले लिएको ३ विकेटको बारेमा जिज्ञाशा राखेपछि कप्तान श्रेयस ऐयरले भने 'उ धेरै कन्फीडेन्ट छ, उसले सिनियर बलर अमित मिश्रसँग पनि धेरै अनुभव सिकिसकेको छ । लामिछाने राम्रो खेलाडी हो ।'


आजको खेलमा सन्दिप लामिछानेले एफबिबि प्लेयर अफ अवार्ड प्राप्त गरे । उनले आइपीएलको आज सहित खेलेका कुल ८ खेलमा १० विकेट  विकेट लिईसकेका छन् भने उनको इकोनोमी रेट ७.७१ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी