२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट: चेन्‍नईद्वारा हैदरावाद ६ विकेटले पराजित (८ टिम कुन-कुन स्थानमा ?)

२०७६, १० बैशाख मंगलवार १८:५२

वैशाख ११, काठमाडौँ | आइपीएल सिजन १२ को ४१ औं खेलमा चेन्‍नई सुपर किङ्सले हैदरावादलाई ६ विकेटले जित हात पार्दै पुन: अंकतालिकाको शिर्षस्थानमा उक्लिएको छ । 

आईपीएल २०१९ को सिरिजमा निरन्तर एक नम्बरमा रहेको चेन्नई लाईसोमबार दिल्लीले दोस्रो नम्बरमा पारिदिएको थियो । जितसँगै चेन्नईले ११ खेलबाट १६ अंक जोडेको छ । दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । 


चेन्नईस्थित चिदामबराम स्टेडियममा मंगलबार भएको खेलमा हैदरावादले दिएको १ सय  ७६ रनको लक्ष्य चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गरेको हो । चेन्नईको जितमा शेन वाट्सनले ९६ रनको योगदान गरे । शतक बनाउन ४ रनले चुकेका वाट्सनले ५३ बलमा ९ चौका र ६ छक्का प्रहार गरे । यस्तै सुरेश रैनाले ३८ रन जोड्दा अम्बाती रायडुले २१ रन बनाए ।

हैदरावादका लागि राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । पाण्डेले अविजित ८३ रनको योगदान दिए । वार्नर ५७ रनमा आउट भए । विजय शंकरले २६ रन बनाए ।


चेन्नईका हर्बजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिएका थिए ।

आइपीएल सिजन १२ को ४१ औं खेलसम्मको अंकतालिका तल हेर्न सक्नुहुनेछ 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति