१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल: धरान क्वाटरफाइनलमा प्रवेश

१३ बैशाख २०७६, शुक्रबार १३:२९

वैशाख १३, काँकडभिटा । काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल अन्तर्गत दोस्रो दिनको खेलमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

शुक्रवार काँकरभिट्टामा माविको खेल मैदानमा सम्पन्न खेलमा धरानले काठमाडौँको च्यासल युथ क्लबलाई  १−० गोल  अन्तरले पाखा लगाउँदै क्वाटरफाइन प्रवेश गरेको हो । क्वाटरफाइनलमा धरानले विभागीय टोली त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

निर्णयका लागि ८१ औँ मिनेट पर्खनु परेको थियो । धरानका मिलन राईले मैदानको मध्य भागबाट एकल प्रयासमा गरेको गोल नै निर्णायक बन्यो । राईले धरानका लागि विदेशी खेलाडी अनिफोवासेको पासमा मैदानको मध्य भागबाट सिगंल खेल्दै सानदार गोल गरेका थिए ।


च्यासल विरुद्ध रक्षात्मक खेलेको धरानका मिलन राईले ६६ औँ मिनेटमा डी एरियाबाट गरेको प्रहार बार नजिकैबाट बाहिरीयो । ७५ औँ मिनेटमा धरानका विदेशी खेलाडी अनिफोसेले च्यासलका गोलरक्षक दिनेश थापा मगर बीट भइसकेको अवस्थामा गरेको प्रहार आकाशियो । 

निर्धारित ९० मिनेटभरी च्यासलले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि उसले गरेका एक दर्जन जति प्रहार गोलमा परिणत हुन सकेका थिएनन् । च्यासलमा २ वटा सशक्त प्रहार पोष्ट बारमा लागेर फर्किए भने अन्य प्रहारले सहि दिशा लिन सकेन । खेलको २० मिनेटमा च्यासलका लागि विदेशी खेलाडी फ्रान्सिस ओएमीको प्रहार बारमा लागेर फर्किएको थियो । २१ औँ मिनेटमा ओइमीकै अर्काे प्रहार पोष्ट नजिकैबाट बाहिरीएको थियो । २२ औँ मिनेटमा च्यासलका अर्का विदेशी खेलाडी अर्मान्ड व्युडनले डी एरियाबाट गरेको प्रहार धरानका गोल रक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे । 


लगातार विपक्षीको आक्रमण बेहोरेको धरानले त्यसपछि सम्हालिने प्रयास गरे पनि अग्रपक्ति फितलो हुँदा स्कोर गर्न सकेको थिएन । खेलको ८४ औँ मिनेटमा च्यासलका ओएमीले गरेको प्रहार पोष्टमा लागेर बाहिरीदाँ खेलमा बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो । 

खेलको म्यान अफ द म्याच खेलमा एक मात्र निर्णायक गोल गर्ने धरानका मिलन राई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । उनलाई एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङले पुरस्कार प्रदान गरेका थिए । शनिवारको पहिलो क्वाटर फाइनल खेल आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र संकटा क्लब काठमाडौँबीच हुने आयोजक क्लबका सचिव अशोक राईले बताए । 

प्रतियोगिताको विजेता टीमले नगद १० लाख १ हजार र उप विजेता टीमले नगद ५ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार बोर्डलाई थप प्रभावकारी बनाउन तीन समिति बनाइने अछाममा मरेको कुखुराको मासु खाएका किशोरको मृत्यु, अन्य तीन बिरामी चितवनमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु खेलकुद संघलाई कारबाही गर्दैछु, हस्तक्षेप नहोस्: मन्त्री चौधरी काठमाडौँको कागेश्वरीमा गोली चल्यो, पति-पत्नी घाइते बालेन शाहको राजीनामा माग्दै कवाड संकलक आन्दोलनमा मेयर बालेनले गरे पूर्वमेयर पिएल सिंहको सालिक बनाउने घोषणा दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो अजरबैजान एयरलाइन्स दुर्घटनामा रुसी राष्ट्रपति पुटिनले किन मागे माफी ? पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला दक्षिण कोरियामा जहाज दुर्घटना: १७६ जनाको शव भेटियो, तीन जना बेपत्ता सहकारीसम्बन्धी अध्यादेश: अब एकजनाले १० लाखभन्दा बढी बचत गर्न नपाउने आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ