७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

१३ बैशाख २०७६, शुक्रबार १३:४०

वैशाख १३, काठमाडौँ (रासस) | नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ ।  

यही वैशाख १८ देखि २५ गतेसम्म हुने उक्त विश्वकपमा नेपालसहित भारत, बङ्गलादेश, मरिसस, ताञ्जानिया, वेष्टइन्डिज, जिम्बाबे, कङ्गो, बेलायतलगायतको सहभागिता रहनेछ । ‘चाइल्ड रिच नेपाल र स्ट्रीट वाल नेपाल’को समन्वयमा हुने सो प्रतियोगितामा नेपालबाट चार महिला र  चार पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक छितिज बस्नेतले जानकारी दिनुभयो । 

सहभागी खेलाडीमा महिलातर्फ निशा राई, रुपा श्रेष्ठ, सङ्गीता थापामगर र रिता गौतम तथा पुरुषतर्फ सन्देश सुनार, सन्देश छतकुली, रवीन्द्र गुरुङ र विनोद परियार छन् ।  राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र कलाकार हरिवंश आचार्यले टोलीलाई सफलताको शुभकामना दिनुभयो । उहाँहरुले उक्त प्रतियोगितामा पाएको अवसरलाई सदुपयोग गर्न खेलाडीलाई आग्रह गर्नुभयो । 

स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक बस्नेतले विश्वकपमा नेपालले फाइनलसम्मको यात्रा तय गर्ने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रतियोगिताका लागि नेपाली टोलीले दुई महीना अभ्यास गरेको थियो । आठ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली यही वैशाख १७ गते लण्डन प्रस्थान गर्नेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी