२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

२०७६, १३ बैशाख शुक्रबार १३:४०

वैशाख १३, काठमाडौँ (रासस) | नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ ।  

यही वैशाख १८ देखि २५ गतेसम्म हुने उक्त विश्वकपमा नेपालसहित भारत, बङ्गलादेश, मरिसस, ताञ्जानिया, वेष्टइन्डिज, जिम्बाबे, कङ्गो, बेलायतलगायतको सहभागिता रहनेछ । ‘चाइल्ड रिच नेपाल र स्ट्रीट वाल नेपाल’को समन्वयमा हुने सो प्रतियोगितामा नेपालबाट चार महिला र  चार पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक छितिज बस्नेतले जानकारी दिनुभयो । 

सहभागी खेलाडीमा महिलातर्फ निशा राई, रुपा श्रेष्ठ, सङ्गीता थापामगर र रिता गौतम तथा पुरुषतर्फ सन्देश सुनार, सन्देश छतकुली, रवीन्द्र गुरुङ र विनोद परियार छन् ।  राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र कलाकार हरिवंश आचार्यले टोलीलाई सफलताको शुभकामना दिनुभयो । उहाँहरुले उक्त प्रतियोगितामा पाएको अवसरलाई सदुपयोग गर्न खेलाडीलाई आग्रह गर्नुभयो । 

स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक बस्नेतले विश्वकपमा नेपालले फाइनलसम्मको यात्रा तय गर्ने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रतियोगिताका लागि नेपाली टोलीले दुई महीना अभ्यास गरेको थियो । आठ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली यही वैशाख १७ गते लण्डन प्रस्थान गर्नेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति