७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चेन्नईद्वारा दिल्लीसामु १८० रनको लक्ष्य प्रस्तुत, सन्दीपको स्थानमा खेलेका मोरिस महँगो सावित

१८ बैशाख २०७६, बुधबार १६:४८

वैशाख १८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत अहिले चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । आईपीएलको प्ले अफमा स्थान बनाएको दिल्ली र चेन्नईको खेलले चेन्नई वा दिल्लीलाई प्ले अफको शिर्ष स्थानमा राख्नेछ । रनरेटको आधारमा दिल्ली चेन्नई भन्दा माथि छ । 

चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा रहने लक्ष्यसहित मैदान उत्रिएका छन् ।  खेलमा दिल्लीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । यो क्रममा चेन्नईले दिल्ली सामु ४ विकेटको क्षेतीमा १८० 

रनको लक्ष्य प्रस्तुत गरेको छ । प्ले अफमा पुगिसकेका दुवै टोली दबाब रहित छन् । तर, शीर्ष स्थानमा रहनको लागि दुवैको आजको खेल निकै महत्वपूर्ण रहनेछ ।


खेलमा पहिले ब्याटिङ गरेको चेन्नईको लागि फाफ दुप्लेसीले ३९ रन, सुरेश रैनाले ५९ रन, महेन्द्र सिङ धोनीले नट आउट २२ बलमा ४४ रन, रविन्द्र जाडेजाले २५ रन र अम्बती रायडुले ७ रन जोडेर चेन्नईको स्कोर १७९ बनाएका थिए । चेन्नईको ४ विकेट लिने क्रममा दिल्लीका जगजित सुचितले २ विकेट लिए भने क्रिस मोरिस र अक्षेर पटेलले १/१ विकेट लिएका थिए । 

खेलमा १८० रनको लक्ष्य दिएको चेन्नईको लागि दिल्लीका क्रिस मोरिस निकै महँगा सावित भए   । उनले ४ ओभर खेलेर १ विकेट लिएर ४७ रन बनाउन दिएका थिए । जुन दिल्लीको लागि निकै खराव पर्दर्शन हो । क्रिस मोरिसको स्थानमा सन्दिपलाई खेलाईएको भए आज सन्दिपले क्रिस मोरिसको महँगो खेललाई कम गर्न सक्ने अनुमान गर्न सकिन्छ । यदी आज दिल्ली पराजित भए क्रिसको स्थानमा सन्दिपलाई नराख्नुको आलोचना दिल्लीले खेप्नुपर्नेछ । 

यो समाचार तयार पार्दासम्म चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले ब्याटिङ गर्दैछ । खेलआ ५.२ ओभरको खेलसम्ममा १ विकेट गुमाएर दिल्लीले ५२ रन जोडेको छ । क्रिजमा दिल्लीका श्रेयस ऐयर र शिखर धावन खेल्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी