२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रिमियर लिग: उपाधीका लागि आर्मी र न्यू होराईजन भिड्ने

२० बैशाख २०७६, शुक्रबार १३:५५

वैशाख २०, सुर्खेत | कर्णाली प्रिमियर लिगको उपाधिका लागि विभागीय टोली आर्मी र न्यू होराईजन बुटवल भिड्ने भएका छन ।दोस्रो सेमिफाईलमा आर्मीले अर्को विभागीय टोली एपीएफमाथि एक विकेटको रोमाञ्चक जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो ।८७ रनको सामान्य लक्ष्य आर्मीले १७ दशमलव ओभरमा ४ ‌ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो ।

खराव सुरुवात गरेको आर्मीकालागि सोमपाल कामी र जितेन्द्र मुखियाले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाएका हुन् । कामीले २२ बलमा ३१ रनको आक्रमण पारी खेल्दा मुखियाले १२ र रोहित कुमार पौडेलले पनि १२ रन जोडे ।एपीएफकालागि कमलसिंह ऐरी र यज्ञमान पुलामी समान २/२ विकेट लिए ।समूह चरणमा अपराजित रहेको एपिएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको हो ।


एपिएफकालागि सर्वाधिक ३० रन बनाउनु शरद भेषवाकरले ३० र  १९ रन जोड्नु  भएका  भुवन कार्की सहित तीन जना खेलाडि रन आउन भएका हुन् । एपीएफलाई सस्तैमा समेट्न आर्मीका सोमपाल कामीले निकै किफायति बलिङ गर्दै तीन ओभरमा १० रन दिएर तीन विकेट लिँदा सुसन भारीले दुई विकेट हात पारे ।

शुक्रबार भएको पहिलो सेमिफाईनलमा न्यू होईजनले आयोजक कर्णाली ११ लाई तीन विकेटले हराउँदै फाईनलमा प्रवेस गरेको हो । वर्षा र हावाहुरीको कारण १३ ओभरमा छोट्याइएको खेलमा ६३ रनको समान्य लक्ष्य न्यू होराइजनले ११दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । न्यू होराइजनका सुबेन्दु पाण्डेले १८ तथा  निश्चल चौधरीले १०, बिशाल सुनारले पनि अविजित १० रन बनाए ।कर्णाली ११ का किशोर महतोले ३ विकेट तथा प्रकाश जैसीले २ विकेट लिएपनि  जित दिलाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको कर्णाली ११ ले कृष्ण कार्कीको सर्वाधिक ३३ रनसंगै ४ विकेट गुमाएर ६२ को  योगफल तयार गरेको हो । १७ रनमा ३ विकेट  कर्णालीकालागि  कार्कीले आक्रामक ब्याटिङ्ग गर्ने क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । न्यू  होराइजनका कप्तान  शक्ति गौचनले  तीन ओभरमा एक मेडन सहित मात्र ६ रन दिएर २ विकेट लिए । समूह चरणमा अपराजित रहदै राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीलाई हराएको  घरेलु टोली यो हारसंगै सेमीफाईनलबाटै बाहिरिएको छ।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उपबिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृस्ट बलर र ब्याट्सम्यानले समान २० हजार हात पार्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली