७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्मीले जित्यो केपीएलको उपाधी, खेलकूद मैदान निर्माण गर्नु पर्नेमा जोड

२१ बैशाख २०७६, शनिबार १५:०३

वैशाख २१, सुर्खेत | कर्णाली प्रिमियर लिग दोस्रो संस्करणको उपाधी विभागिय टोली आर्मी क्लवले जितेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रिमियर लिगको शनिबार भएको फाईनलमा न्यू होराईजन बुटवललाई ५९ रनले हराउँदै साबिक बिजेता समेत रहेको आर्मीले उपाधिसंगै पाँच लाख रुपैयाँ हात पारेको छ।उपविजेता बनेको न्यू होराईजन बुटवलले भने दुई लाख रुपैयाँमा चित्त बुझाएको छ।

१४७ रनको लक्ष्य पाएको न्यू होराईजनले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो।टोलीकालागि बिशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउँदा राहुल प्रजापतिले १२ सुनिल धमलाले ११ रन बनाएपनि अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।बुटवललाई सम्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले तीन ओभर तीन बलमा ८ रन र सहाब आलमले तीन ‌ओभरमा १३ रन दिएर समान तीन तीन विकेट हात पारे ।

टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशकीय पारीसंगै ६ विकेट गुमार १४६ रन बनाएको हो।आर्मीका राजु रिजालले ३४ रन जोड्दा भिम सार्कीले सात बलमा तीन छक्का सहित अविजित २१ रनको आक्रमक पारी खेले । बुटवलका कप्तान शक्ति गौचन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै ५० हजार हात पारे ।आयोजक कर्णाली ११ का कप्तान रबिन्द्रजंग शाहीले उकृष्ट ब्याट्सम्यान र आर्मीका सुसन भारीले उत्कृष्ट बलर बन्दै समान २० हजार प्राप्त गरेका छन् ।


खेलकूद मैदान निर्माण गर्नु पर्नेमा जोड

कर्णालीमा खेल मैदान निर्माणका लागि सरकारको ध्यानाकर्षण हुनु पर्ने सरोकारवालाले बताएका छन् । १० दिन लामो केपीएलको दोस्रो संस्करण समापन समारोहमा बोल्दै नेपाल एथ्लेक्टिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले कर्णालीमा खेलमैदान नहुँदा खेलाडीहरुले खेल परिक्षण गर्न नपाएको भन्दै सरकारको ध्यान जानु पर्नेमा जोड दिए । पुर्व सासंद शाहले खेलक्षेत्रले कर्णालीलाई चिनाउने भएकाले खेलको विकास गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा सिम्ता गाँउपालिका अध्यक्ष कविन्दकुमार केसीले खेलक्षेत्रको विकासको लागी स्थानीय र प्रदेश सरकारसंगसगै हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । खेलकूदको विकास नहुँदा कर्णालीका खेलाडीहरु पछाडी परेको भन्दै  खेलकुदको विकासको लागि सबै एकजुट हुनुपर्ने बताए । सुर्खेत उपत्यका नगरबिकास समितिका अध्यक्ष नारायकुमार कोईरालाले कर्णालीमा क्रिकेट प्रतियोगिता हुनु गौरवको विषय भएको भन्दै आगामी दिनमा यस्ता प्रतियोगिता सञ्चालन गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी