२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्यांग्लोरद्वारा हैदरावाद पराजित: कोलकाताको हातमा पन्जाव र हैदरावादको प्लेअफ यात्रा

२०७६, २१ बैशाख शनिबार १९:१७

वैशाख २१, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराईज हैदरावादलाई ४ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स ब्यांग्लोरले आफ्नो यस सिजनको आईपीएलको अन्तिम र सम्मानजनक खेल खेलेको छ । आजको खेलमा हैदरावादले हारेसँगै कोलकाता नाइटराइडर्सलाई प्लेअफमा पुग्न थप सहज भएको छ । 

समान १२/१२ अंक रहेको हैदरावादले आजको खेल हारेपछि प्लेअफ्को लागि अब अर्को खेल खेल्नेछैन । हैदरावादले १४ खेल खेलिसकेको छ भने कोलकाताले आफ्नो १४ औं खेल खेल्न बाँकीनै छ । यदी आजको खेल हैदारावादले जितेको भए कोलकातालाई आफ्नो १४ औं खेल जित्नैपर्ने र रनरेट पनि राम्रो हुनुपर्ने आवश्यक थियो तर अब कोलकातालाइ केहि सहज भएको छ । मुंबईलाई हराउन सकेको खण्डमा कोलकाता प्लेअफ पुग्नेछ । 


यदि पन्जाबले चेन्नईलाई पराजित गर्यो भने उसको पनि १४ खेलमा १२ अंक हुनेछ । दोश्रो म्याचमा मुंबईले कोलकातालाई पराजित गरेको खण्डमा कोलकाताको पनि १४ म्याचमा १२ अंकनै हुनेछ । यस्तो अवस्थामा नेट रनरेटको आधारमा प्लेअफमा पुग्ने चौथो टीमको चयन हुनेछ । यदि कोलकाताको टिमले मुम्बईलाई हराउन सकेको खण्डमा भने पन्जाव र हैदरावाद दुवैको प्लेअफमा पुग्ने सपना साकार हुने छैन ।

आजको खेलमा १ सय ७६ रनको लक्ष्य पाएको रोयल च्यालेन्जर्स बैंग्लोरले १९.२ ओभरमा उक्त लक्ष्य पुरा गर्दै आफ्नो अन्तिम खेल जितेको हो । बैंग्लोरको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ७५ रन पुरा गरेको थियो । हैदरावादका लागि कप्तान केन विलिनसनले अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ७० रनको योगदान गरे । त्यस्तै मार्टिन गप्टीलले ३० रन जोड्दा विजय शंकरले २७ तथा रिद्धीमान शाहले २० रन जोडे । 


बलिङतर्फ वासिन्टन सुन्दरले सर्वा्धिक तीन विकेट लिए । त्यस्तै नवदीप शानीले दुई तथा युभेन्द्र चहाल र कुवान्टले समान एक-एक विकेट लिए ।

त्यसपछि लक्ष्य पछ्याउन आएको ब्यांग्लोरको लागि सुरुवाती खेल खराव रह्यो । ब्यांग्लोरको लागि शिमरन हेटमायरले सबैभन्दा बढी ७५ रनको पारी खेले । उनले ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गरेका थिए । उनको अलावा गुरकीरत सिंह मानले पनि ४८ बलमा ६५ रन बनाएर टीमलाई जीत दिलाउन अहम भूमिका खेले । दुवैजनाले तेश्रो विकेटको लागि ८९ बलमा १४४ रनको साझेदारी गरेका थिए ।


खेलमा हेटमायर म्यान अफ द म्याच बने । हेटमायर, गुरकीरत र विराट कोहली बाहेक ब्यांग्लोरका कुनै खेलाडीकले राम्रो रन जोड्न सकेनन् । खेलमा हैदराबादकोलागी भुवनेश्वर कुमारले २, खलील अहमदले ३ र राशिद खानले १ विकेट लिन सफल भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति