७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेको अपिल – ‘जति सकिन्छ सहयोग गरौँ’

५ जेष्ठ २०७६, आईतवार ०९:२४

जेठ ५, काठमाडौँ | नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले चितवनमा बन्न लागेको रंगशाला समयमै बनाउनको लागि सबैसँग सहयोगको अपिल गरेका छन् । आईपीएल सकेर स्वदेशमै रहेका सन्दिपले चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सन्दिपले अहिले नेपालको खेल मैदानहरुको स्थिति निकै नाजुक रहेको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय मैदान निर्माणको काम पनि अधुरो नरहोस् भन्ने कामना गरे । 

सन्दिपले खेलाडीलाई आवश्यक पर्ने सुविधाहरु नेपालको कुनै पनि खेल मैदानमा नरहेको भन्दै अब बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय खेल मैदानमा ति सबै कुरा पाइने बताए । उनले यस्तो मैदानको निर्माण पछी क्रिकेटबाटै नेपाललाई बिश्व सामु चिनाउन सकिने बताए । उनले भने 'दु:ख लाग्छ कि अहिले हामी खेलाडीलाई चाहिने केहि पनि वातावरण छैन । चितवनमै जहाँ मैले क्रिकेट खेल्न सिके, अहिले क्रिकेट स्टेडीयम बन्दैछ र त्यो बन्दैछ भन्ने मात्र नहोस् । अब यो कति छिटो बनाउन सक्ने हो हाम्रै हातमा छ ।' 

क्रिकेटर सन्दिपले चितवनमा बन्न लागेको खेल मैदानको लागि जति सकिन्छ सहयोग गर्न अपिल गरे । उनले सामाजिक संजाल प्रयोगकर्तालाई जति सकिन्छ यस सम्बन्धि सहयोगको लागि पोष्ट गरिदिन अनुरोध गरे । 

फरक सन्दर्भमा नेपालको खेल मैदानहरुको अवस्थालाई इंगिद गर्दै लामिछानेले नेपालमा बनेका कति स्टेडियमहरु बन्दै गरेको तर पुरा हुन नसकेको अवस्थामा मात्र रहेको बताए । उनले भने 'म टियु ग्राउन्डमा २०१५ मा छिर्दा ठीकै खालको थियो तर अहिले आएर हेर्दा त्यहाँको अवस्था कस्तो भईसकेको छ एउटा प्लेयरले बाहेक कसैले पनि बुझ्न सक्दैन ।' उनले थपे 'कतिपय खेलाडीहरु त्यहि ग्राउण्डमा गएर घाइते भएर पनि आउँछ तर पनि सानो हासो लिएर, कुनै माग नराखी त्यहि मैदानमा खेल्दैछ, नेपालको नाम चिनाउदै छ ।' उनले देशमै खेलाडीलाई राम्रो वातावरण दिएको भए अझै राम्रो गर्न सक्ने बताए । उनले आफ्नै देशमा राम्रो वातावरण हुने हो भने विदेशका ठूला ठूला फ़्रेन्चाइज खेलहरुलाई टक्कर दिन सक्ने दावी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी