२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेको अपिल – ‘जति सकिन्छ सहयोग गरौँ’

२०७६, ५ जेष्ठ आईतवार ०९:२४

जेठ ५, काठमाडौँ | नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले चितवनमा बन्न लागेको रंगशाला समयमै बनाउनको लागि सबैसँग सहयोगको अपिल गरेका छन् । आईपीएल सकेर स्वदेशमै रहेका सन्दिपले चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सन्दिपले अहिले नेपालको खेल मैदानहरुको स्थिति निकै नाजुक रहेको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय मैदान निर्माणको काम पनि अधुरो नरहोस् भन्ने कामना गरे । 

सन्दिपले खेलाडीलाई आवश्यक पर्ने सुविधाहरु नेपालको कुनै पनि खेल मैदानमा नरहेको भन्दै अब बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय खेल मैदानमा ति सबै कुरा पाइने बताए । उनले यस्तो मैदानको निर्माण पछी क्रिकेटबाटै नेपाललाई बिश्व सामु चिनाउन सकिने बताए । उनले भने 'दु:ख लाग्छ कि अहिले हामी खेलाडीलाई चाहिने केहि पनि वातावरण छैन । चितवनमै जहाँ मैले क्रिकेट खेल्न सिके, अहिले क्रिकेट स्टेडीयम बन्दैछ र त्यो बन्दैछ भन्ने मात्र नहोस् । अब यो कति छिटो बनाउन सक्ने हो हाम्रै हातमा छ ।' 

क्रिकेटर सन्दिपले चितवनमा बन्न लागेको खेल मैदानको लागि जति सकिन्छ सहयोग गर्न अपिल गरे । उनले सामाजिक संजाल प्रयोगकर्तालाई जति सकिन्छ यस सम्बन्धि सहयोगको लागि पोष्ट गरिदिन अनुरोध गरे । 

फरक सन्दर्भमा नेपालको खेल मैदानहरुको अवस्थालाई इंगिद गर्दै लामिछानेले नेपालमा बनेका कति स्टेडियमहरु बन्दै गरेको तर पुरा हुन नसकेको अवस्थामा मात्र रहेको बताए । उनले भने 'म टियु ग्राउन्डमा २०१५ मा छिर्दा ठीकै खालको थियो तर अहिले आएर हेर्दा त्यहाँको अवस्था कस्तो भईसकेको छ एउटा प्लेयरले बाहेक कसैले पनि बुझ्न सक्दैन ।' उनले थपे 'कतिपय खेलाडीहरु त्यहि ग्राउण्डमा गएर घाइते भएर पनि आउँछ तर पनि सानो हासो लिएर, कुनै माग नराखी त्यहि मैदानमा खेल्दैछ, नेपालको नाम चिनाउदै छ ।' उनले देशमै खेलाडीलाई राम्रो वातावरण दिएको भए अझै राम्रो गर्न सक्ने बताए । उनले आफ्नै देशमा राम्रो वातावरण हुने हो भने विदेशका ठूला ठूला फ़्रेन्चाइज खेलहरुलाई टक्कर दिन सक्ने दावी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति