२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेल विकासका कार्यक्रम खै ?’

२८ जेष्ठ २०७६, मंगलवार ११:१९

जेठ २८,काठमाडौँ | प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत  मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयकअन्र्तगत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो ।

बैठकमा भाग लिँदै सांसद हृदयेश त्रिपाठीले विकास खर्चलाई सही ढङ्गले अगाडि बढाउनुपर्नेमा विश्लेषण नगरीकन विकास बजेट ल्याइएको विचार व्यक्त गर्दै  कृषकलार्ई दिने भनिएको अनुदान तिनमा नपुगेको उल्लेख गर्नुभयो ।  सांसद प्रमोद साहले बजेट प्रदेश नं २ मा  कम छुट्याइएको हुँदा मधेशलाई हेर्ने दृष्टिकोण र सोच परिर्वतन गर्न जरुरी छ भन्नुभयो । सांसद प्रदीप यादवले प्रादेशिक शहरी विकास र खेलकूदको विकासमा बजेटले पर्याप्त ध्यान नदिएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

सांसद डा डिला सङ्ग्रौलाले वितरणमुखी बजेटले युवालाई सीपमूलक र आयमूलक कार्यक्रममा ध्यान नदिएको टिप्पणी गर्दै युवा स्वरोजगार कार्यक्रमलाई सातै प्रदेशमा विस्तार गरी युवा पलायन रोक्नुपर्ने बताउनुभयो । सांसद झपट रावलले सरकारले तत्काल सुदूरपश्चिम क्षेत्रमा हावाहुरीका कारण जनधनको क्षति भएको प्रति ध्यान नदिएको आरोप लगाउँदै पीडितलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न माग गर्नुभयो ।  

सांसद पदमनारायण चौधरीले सिरहाको लहान बजार पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा नराखेको भनी गुनासो गर्नुभयो । सांसद टेकबहादुर बस्नेतले बजेटमार्फत स्थानीयस्तरमा पठाइएका फुटकर योजना सङ्घीयताको विरोधमा भएको भन्दै यसले अपेक्षित परिणाम  नदिने बताउनुभयो । सांसद राजेन्द्रकुमार केसीले बजेटमा युवालाई रोजगारी दिने नयाँ कार्यक्रम नभएको टिप्पणी गर्दै  वितरणमुखी भएकाले यसले समृद्धि दिन नसक्ने जिकिर गर्नुभयो । सांसद सत्यनारायण शर्मा खनालले बजेटमा खेलकूद र शहरको विकासका लागि उल्लेखनीय योजनाबद्ध कार्यक्रम नभएको बताउँदै रोजगारीका लागि विदेश पलायन भइरहेका युवाका लागि  रोजगारी कार्यक्रम खै भनी प्रश्न गर्नुभयो ।

सांसद देवेन्द्रराज कँडेल र गोपालबहादुर बमले बजेटमा खेल विकास र खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम नभएको भनी टिप्पणी गर्नुभयो । सांसद महेश्वरजङ्ग गहतराजले पश्चिममा क्रिकेटका लागि बजेट विनियोजन भएकामा अर्थमन्त्रीलाई धन्यवाद दिँदै बाढीपडितको आवास सुविधाका लागि अर्थमन्त्रीको ध्यान नपुगेको बताउनुभयो । सांसद कृष्णप्रसाद दाहालले काठमाडौँ मात्र शहर भन्ने मानसिकता अझै कायम रहेको उल्लेख गर्दै काठमाडौँ बाहिरका अन्य शहरको विकास समयमै गर्न सकिएन भने त्यहाँका जनता निराश हुने बताउनुभयो ।

सांसद कृष्णभक्त पोखरेलले एकीकृत र व्यवस्थित बसोबासका लागि जनता आवासजस्ता कार्यक्रम स्वागतयोग्य भए पनि पर्याप्त नभएको बताउनुभयो । सांसद यज्ञबहादुर बोगटीले सन्तुलित विकासका लागि बजेट सन्तुलित नभएको आरोप लगाउँदै अछाम जिल्लामा खेदकूद विकासका लागि कुनै बजेट नभएको भनी अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

युवा तथा खेलकुद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल आजै सम्पन्न भएको छ । बुधबारको बैठकमा वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि विनियोजन भएको बजेट र कार्यक्रमका बारेमा छलफल हुने सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को  बैठक यही जेठ २९ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने