असार १२, काठमाडौँ | पाकिस्तानका ब्याट्सम्यान बाबर आजमको शतकीय पारीसँगै पाकिस्तानले जारी विश्वकप क्रिकेटमा अपराजित टिम न्युजील्याण्डलाई ६ विकेटले पराजित गरेको छ । बाबर आजमले लकी फर्ग्यूसनको बलमा सिंगल लिएर पाकिस्तानको लागि जारी विश्वकपमा पहिलो शतक बनाउन सफल भए । बर्मिंघमको एजबेस्टन मैदानमा टस जितेर न्याजिल्यांडले पहिले ब्याटिङ गर्दै २३७ रन बनाएको थियो ।
न्युजिल्यान्डको लागि २३७ रनको स्कोर जोड्ने क्रममा जिमी नीशमले सर्वाधिक ९७ रन, कोलिन डि ग्रैन्डहोमले ६४ रन र कप्तान केन विलियमसनले ४१ रन बनाएका थिए । पाकिस्तानको लागि शाहीन आफरीदीले ३ विकेट, मोहम्मद आमिर र शादाब खानले एक-एक विकेट लिए ।
खेलमा न्युजिल्याण्डले पहिले ब्याटिङ गर्दै पाकिस्तानलाई दिएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवाती खेल खासै राम्रो भएन । उसको सुरुवाती २ विकेट विकेट छिट्टै गुम्न पुग्यो । तर त्यस पछि आएका बाबर आजमले शतक लगाएर टीमलाई जीत दिलाए । खेलमा पाकिस्तानका हरिस सोहेलले पनि निकै उत्कृष्ट प्रदर्शन गरे । उनले ६८ रनको महत्वपूर्ण योगदान गरे । पाकिस्तानले न्युजील्याण्डले दिएको २३८ रनको लक्ष्य अन्तिम ओभरको पाँच बल बाँकी छंदा पुरा गर्न सफल भयो । न्यूजील्याण्डको लागि बोल्ट, फर्ग्यूसन र विलियम्सनले एक-एक विकेट लिन सफल भए ।
दुवै टीमको लागि इंग्ल्याण्डमा भएको यो सहित पाँचौं खेल हो । इंग्ल्याण्डमा भएको पछिल्लो चार खेलमा पाकिस्तानले मात्र जित निकालेको थियो । पाँचौं खेल पनि पाकिस्तानलेनै जितेको छ । न्युजिल्यान्डको टीमले पाकिस्तानविरुद्ध पछिल्लो पटक ११ जून १९८३ को खेल जितेको थियो । त्यतिबेला न्यूजील्याण्डले पाकिस्तानलाई ५२ रनले पराजित गरेको थियो ।
न्यूजील्याण्ड बिरुद्ध २९ रनको आंकडा बनाए लगत्तै पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले विराट कोहली र शिखर धवनको वानडे क्रिकेटको ठूलो रेकर्ड तोड्न सफल भए । बाबर आजमले सबैभन्दा छिटो ३००० वानडे रन बनाएर रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन् । टीम इन्डियाका कप्तान विराट कोहलीलाई आफ्नो आदर्श बताउने बाबर आजमले धवन र कोहलीकै रेकर्ड तोड्न सफल भएका हुन् ।
विश्वकपमा आज (बिहिबार) भारत र वेस्टइन्डिज भिड्दैछन् ।