२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको अपराजित यात्रा कायमै: वेस्टइन्डिज १२५ रनले पराजित, कोहलीको नयाँ रेकर्ड

२०७६, १२ असार बिहीबार १७:१८

असार १२, काठमाडौँ | वर्ल्डकपको ३४ औं खेल म्यानचेस्टरमा भारतले वेस्टइन्डीजलाई १२५ रनको फराकिलो स्कोरले पराजित गरेको छ । भारतले दिएको २६९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डीज ४.२ ओभरमै अलआउट हुन पुगेको हो । आजको खेलमा कोहलीले म्यान अफ द म्याच अवार्ड पाए ।

पछिल्लो पटक भारतले २०११ मा वेस्टइन्डीजलाई ८० रनले पराजित गरेको थियो । यो जीतसँगै टीम इन्डियाले ६ खेलमा ११ अंक प्राप्त गरेको छ । अंक तालिकामा भारत तेस्रो स्थानमा छ । भारतको अर्को खेल अब बलियो टिम इंग्ल्याण्ड बिरुद्ध ३० जूनमा बर्मिंघममा हुनेछ ।


आजको खेलमा पहिले ब्याटिङ गर्दै भारतले ५० ओभरमा ७ विकेटमा २६८ रन बनाएको थियो । खेलमा विराट कोहलीले सर्वाधिक ७२ रनको पारी खेले । त्यस्तै महेन्द्र सिंह धोनीले ५६ रन बनाएर नटआउट रहे । त्यस्तै लोकेश राहुलले ४८ र हार्दिक पाण्डेले ४६ रन बनाए । खेलमा वेस्टइन्डीजको लागि केमार रोचले ३ विकेट लिए । भारतले ५० ओभरमा २६८ रन जोडेर दिएको २६९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डीजको टीम ३४.२ ओभरमा जम्मा १४३ रन मात्र बनाएर अलआउट हुन पुग्यो । उसको लागि सुनील अम्बरिसले सबैभन्दा बढी ३१ रन बनाउन सके ।

गेल, हेटमायर र होल्डर बल्लेबाजीमा चल्न सकेनन्

वेस्टइन्डीजका ओपनर क्रिस गेलले आजको खेलमा राम्रो पर्दर्शन गर्न सकेनन् । उनले जम्मा ६ रन मात्र बनाउन सके । भारतीय बलर शमीको बलमा केदार जाधवले क्रिस गेलले प्रहार गरेको बललाई क्याच गरे । गेलले आफ्नो पारीमा मात्र एक चौका लगाए । शमीले त्यसपछी शाई होपलाई ५ रनको स्कोरमै पवेलियन पठाए । सुनील अम्बरिसले सर्वाधिक ३१ रन बनाउदा हार्दिकले आउट गरिदिए । त्यस्तै कुलदीपले निकोलस पूरनलाई पवेलियन पठाए । पूरनले २८ रनको पारी खेल्न सके । उनले तेश्रो विकेटको लागि सुनील अम्बरिससँग ५५ रनको साझेदारी गरे । चहलले वेस्टइन्डीजका कप्तान जेसन होल्डरलाई ६ रन मात्र बनाउन दिएर पवेलियन पठाए । यसरी भारतले वेस्टइन्डीजलाई क्रमश खेलमा कमजोर बनाउन सक्यो ।

आजको फराकिलो हारसँगै वेस्टइन्डीजको लागि यो तेस्रो सबैभन्दा फराकिलो हार हो । यसअघि २०१५ मा उसलाई दक्षिण अफ्रिकाले सिड्नीमा खेलिएको खेलमा २५७ रनको अन्तरले पराजित गरेको थियो । त्यस्तै २०१५ मै उसलाई न्युजील्याण्डले १४३ रनले पराजित गरेको थियो । 


कोहलीको २० हजार रन पुरा 

वर्ल्डकप-२०१९ को क्रममा वेस्टइन्डीज बिरुद्ध ३७ रन बनाएलगत्तै भारतीय क्याप्टेन कोहलीले एकसाथ दुई क्रिकेट स्कोररलाई पछाडी पार्दै नयाँ रेकर्ड राखेका छन् । आजको खेलसँगै उनले सबैभन्दा तीब्र २०, हजार अन्तराष्ट्रिय रन (टेस्ट+वानडे +टी-20 इन्टरनेशनल) पुरा गर्नेमा वर्ल्डरेकर्ड बनाएका छन् । विराटले यो रेकर्ड ४१७ पारिमा गर्न सफल भएका हुन् । यस अघि सबैभन्दा कम खेलमा २० हजार अन्तराष्ट्रिय रन पुरा गर्ने रेकर्डमा नाम मास्टर ब्लास्टर सचिन तेन्दुलकर र वेस्टइन्डीजका खेलाडी ब्रायन लाराको नाम थियो, दुवै जनाले संयुक्त रूपमा ४५३ पारिमा यो उपलब्धि हासिल गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति