२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विश्वकप दावेदारहरुको भिडन्त: अपराजित भारतलाई इंग्ल्याण्डले रोक्न सक्ला ?

२०७६, १५ असार आईतवार ०४:२८

असर १५, काठमाडौँ (एजेन्सी) | आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल अन्तर्गत आज सेमिफाइनलमा आफ्नो स्थान पक्का बनाउने दाउमा इंग्ल्याण्ड खेल्दैछ भने भारत जारी विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहिरहेको छ ।

खेल अघिसम्मको अन्क्तालिका अनुसार भारत ११ प्वाइन्ट सहित दोश्रो नम्बरमा छ । भारतले ६ खेलबाट ११ अंक प्राप्त गरेको छ भने इंग्ल्याण्डले ७ खेल खेलेर ४ पटक जित्दै पाँचौं स्थानमा रहेको छ । ३ खेलमा पराजित इंग्ल्याण्डको रनरेटको स्थिति भारतकै तुलनामा बलियो स्थितिमा रहेपनि प्वाइन्ट टेवलमा उसको स्थित कमजोर छ । इंग्ल्याण्ड भन्दा माथि रहेका पाकिस्तान र न्युजिल्याण्ड क्रमश ९ र ११ अंक पाएर सेमिफाइनलको दावेदारीमा छन् । जारी विश्वकपमा ६ खेलमात्र खेलेको भारतलाई आजको खेल हारेपनि अन्तिम ४ मा पुग्ने अरु थप दुई खेल बाँकी नै छन् । तर अपराजित यात्रालाई कायम राख्ने दाउमा भारत छ । 


त्यसो त उपाधिको दावेदार टोली आयोजक इङ्ल्यान्ड पनि हो । आजको खेल उसको लागि गर वा मरको स्थितिमा छ । एजबास्टन मैदानमा ३:१५ बजेदेखि सुरु हुने खेल निकै प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ । दुई पटकको विश्वकप च्याम्पियन भारतलाई पत्राजित गर्नु इंग्ल्याण्डको लागि त्यति सहज नभएपनि उसले जारी विश्वकपमा आफूलाई अन्तिम ४ मा पुर्याउनकै लागि पनि आजको खेल जित्नुपर्ने हुन्छ । 


भारतले ६ खेल खेलेकोमा एक खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो । जसको कारण उसले अंक बाड्नु परेको थियो । भारतको सबै पक्ष सन्तुलित अवस्थामा छ । उसका ब्याट्सम्यान र बलरहरुको सन्तुलनका कारण जुनसुकै अवस्थामा पनि विपक्षलाई रोक्न सक्ने क्षेमता राख्दछ । 

घरेलु मैदानमा हुने खेलमा घरेलु टोलीले अर्कै साहशमा खेल्ने हुँदा आज भारतको लागि जित निकाल्न त्यति सहज देखिन्न । विश्वकपमा यसअघि यी दुई टोली सात पटक भिडेका छन् । दुवै टोलीले तीन तीन खेल जितेका छन् । एक खेल अनिर्णित बनेको थियो । यस अघिका खेलले पनि आजको खेलको आंकलनलाई असहज बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी