९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत विश्वकप २०१९ को सेमीफाइनलमा, रोहितले गांगुलीको रेकर्ड तोडे

१७ असार २०७६, मंगलवार १८:०४

असार १७, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले बंगलादेश सामु जितका लागि दिएको ३१५ रनको लक्ष्य पुरा गर्न नसकि अन्तिम २ ओभर बाँकी छंदा नै अल आउट गरेपछी भारत सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले बंगलादेशलाई २८ रनले पराजित गरेको हो । यस जीतसँगै भारतीय टीम ७ औं पटक सेमीफाइनलमा पुगेको छ । 


टीम इंडिया पछिल्लो पटक २०१५ मा सेमीफाइनलमा पुगेको थियो । तब अस्ट्रेलियाले उसलाई ९५ रनले पराजित गरेको थियो । भारतले बाग्लादेशको वर्ल्ड कप इतिहासमा लगातार तेश्रो पटक पराजित गरेको हो । भारतको अर्को खेल अब श्रीलंका सँग ६ जुलाईमा हुनेछ । 

इंग्ल्याण्डको विर्मिङघममा टस जितेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले १०४ रन बनाउँदा केएल राहुलले ७७ रन बनाए । यस्तै रिशभ पन्तले ४८ रन र महेन्द्रसिंह धोनीले ३५ रन बनाए । बंगलादेशका लागि मुस्तफिजुर रहमानले पाँच विकेट लिए ।

खेलमा बंगलादेशको लागि सर्वाधिक रन शाकिव अल हसनले बनाए | उनले ६६ रन बनाए । त्यस्तै मोहमद शैफु द्दीनले नट आउट रहेर ५१ रन बनाए । बंगलादेशलाई अलआउट गर्ने क्रममा जस्प्रित बुम्राहले ४ विकेट लिए भने हार्दिक पाण्डेले ३ विकेट र भुवनेश कुमार, मोहमद शामी र याज्वेंद्र चहलले १/१ विकेट लिए । 


आजको खेल जितेसँगै भारतले सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । यस अघि अष्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । बंगलादेशले आजको खेलमा पराजय भोगेसँगै अन्तिम ४ मा पुग्ने सम्भावना समेत गुमाएको छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतले खेलेका आठ खेलमध्ये छ खेलमा जित, एक खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै १३ अंक बनाएको छ । बंगलादेशले भने ८ खेलमा ३ खेल जित र ४ खेलमा हार तथा एक खेलमा वर्षाको कारण अंक बाँड्दै सात अंक मात्र जोडेको छ । 


रोहितले गांगुलीको रेकर्ड तोडे

रोहितले यस विश्वकपमा आफ्नो चौथो शतक लगाए । यससँगै उनि एक दिवसीय वर्ल्डकपमा ४ शतक प्रहार गर्ने पहिलो भारतीय ब्याट्सम्यान बन्न सफल भएका छन् । उनले सौरव गांगुलीको ३ शतकको रेकर्ड तोडिदिएका छन् । गांगुलीले २००३ मा केन्या विरुद्ध २ र नामीबियाबिरुद्ध एक शतक प्रहार गरेका थिए । विश्वकपमा ४ सतक प्रहार गर्नेमा यसअघि २०१५ मा कुमार सँगकाराको नाम छ । उनि श्रीलंकाका खेलाडी हुन्  । त्यस्तै १९९६ मा मार्क वा (अष्ट्रेलिया) ले ३ र २००३ मा सौरव गांगुली (भारत) ले ३ शतकीय पारी खेलेका थिए । 


आजको खेलमा विराट कोहलीले २६ रन बनाएर आउट भए । हार्दिक पाण्डे खातानै नखोली आउट भए । दिनेश कार्तिकले ९ बलमा ८ रन बनाए । धोनीले ३३ बलमा ३५ रन बनाए । 

Photo Credit: Twitter 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता