८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई हरायो

१८ असार २०७६, बुधबार ०८:००

असार १८, काठमाडौँ |  एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले नेपाललाई ५४ रनको सामान्य लक्ष्य दिएको थियो । ५४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई पूरा ग¥यो । 

नेपालको लागि पवन सर्राफ सर्वाधिक ४६ रनको योगदान दिए । उनले २१ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ४६ रन बनाएका हुन । त्यस्तै रित गौतमले अविजित १० रन जोडे । जीतसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पराजित चीन भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा दुई खेल खेलेको चीन दुवै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा चीन सिङ्गापुरसँग पराजित भएको थियो ।  

त्यसअघि पहिले ब्याटिङ गरेको चीनले २३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटिएको थियो । चीनका लागि लियाङ चेन र गुओहाओले समान १३÷१३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क बटुल्न सकेनन् ।

बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिँदा तिलक भण्डारीले तीन तथा कमल सिंह ऐरीले एक विकेट झारे । नेपालले समूह  चरणको अन्तिममा सिङ्गापुरसँग खेल्ने कार्यक्रम छ । उक्त  खेल यही असार २० गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता