२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय ब्याट्सम्यान रोहितद्वारा विश्वकपमा सर्वाधिक शतकीय रेकर्ड, श्रीलंकाबिरुद्ध खेल हुँदै

२०७६, २१ असार शनिबार १६:३०

असार २१, काठमाडौँ | भारतीय ब्याट्सम्यान रोहित शर्माले जारी एकदिवसीय विश्वकपमा ५ औं शतकीय पहिलो रेकर्ड बनाउन सफल भएका छन् । जारी विश्वकपको ८ खेलबाट रोहितले ५ पटक शतकीय पारी खेलेर नयाँ रेकर्ड बनाउन सफल भएका हुन् । 

यसअघि विश्वकपमा श्रीलंकाका ब्याट्सम्यान कुमार संगकाराले ४ पटक शतकीय पारी खेलेर विश्वकपमा रेकर्ड राखेका थिए । अघिल्लो खेलमा रोहितले संगकाराको उक्त रेकर्डलाई टक्कर दिएका थिए भने आजको खेलबाट उनको रेकर्डलाई तोड्दै आफुलाई पहिलो स्थानमा राख्न सफल भएका छन् । 

जारी विश्कपमा रोहितले आफ्नो ८ खेलको पहिलो खेलमा दक्षिण अफ्रिका विरुद्ध नटआउट १२२ रन, अष्ट्रेलिया विरुद्ध ५७ रन, पाकिस्तान विरुद्ध १४० रन, अफगानिस्तान विरुद्ध १ रन, वेस्टइन्डिजबिरुद्ध १८ रन, इंग्ल्याण्ड विरुद्ध १०२ रन, बंगलादेशविरुद्ध १०४ रन र श्रीलंका विरुद्ध १०३ रन बनाए ।

रोहितले यस विश्वकपमा यस अघिको खेलबाटै ४ शतकीय पारी खेलेर भारतका अर्का खेलाडी सौरव गांगुलीको ३ शतकको रेकर्ड तोडिदिएका थिए । त्यस्तै रोहितले विश्वकपको आफ्नो खेलमा सर्वाधिक शतकको समेत रेकर्ड बनाउने क्रममा छन् । रोहितले आफ्नै देशका प्रशिद्ध ब्याट्सम्यान सचिन तेन्दुलकरको सर्वाधिक ६ सताकको रेकर्डलाई पनि टक्कर दिएका छन् । 


सचिनले यसअघि विश्वकपमा ६ शतक प्रहार गरेका थिए । आजको खेलमा शतक प्रहार गरेसँगै रोहितले पनि विश्वकपमा ६ शतक बनाएका छन् । 

आजको खेलसँगै विश्वकपमा सर्वाधिक शतक बनाउनेमा रोहित (६ शतक) पहिलो नम्बरमा, सचिन तेन्दुलकर (६ शतक) दोश्रो स्थानमा, कुमार संगकारा (५ शतक) तेश्रो स्थानमा र रिकी प्यान्टिङ (५ शतक) चौथो स्थानमा रहेका छन् । विश्वकपमा यसअघि २०१५ मा कुमार सँगकाराले ४ शतक, १९९६ मा मार्क वा (अष्ट्रेलिया) ले ३ शतक र २००३ मा सौरव गांगुली (भारत) ले ३ शतकीय पारी खेलेका थिए । 

जारी विश्वकपमा अहिले श्रीलंकाले दिएको २६५ रनको लक्ष्य भारतले पछ्याउदैछ । यो समाचार तयार पार्दासम्म भारतले ३३.५ ओभरको खेलमा मात्र १ विकेटको क्षेतीमा २०६ रन बनाइसकेको छ । भारत यस अघिनै जारी विश्वकपको सेमीफाइनलमा पुगिसकेको छ । खेलमा १०३ रन बनाएर रोहित शर्मा आउट भएका छन् भने भारतका अर्का ब्याट्सम्यान के.एल राहुल शतकको नजिक छन् । केएल राहुलसँग यतिखेर कप्तान विराट कोहलीले पारी सम्हालिरहेका छन् । कोहलीले १२ बलमा ८ रन बनाएका छन् भने राहुलले ९६ रनमा ९० रन बनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट