७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात सय खेलाडीलाई सम्मान

३१ असार २०७६, मंगलवार १३:१६

 असार ३१, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई सम्मान गरेको छ । 

राखेपद्वारा आज यहाँ आयोजित कार्यक्रममा आठाँैमा व्यक्तिगत र टोली स्पर्धामा स्वर्ण जित्ने ७०७ खेलाडी र कीर्तिमान कायम गर्ने १६ गरी कूल ७२३ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा राखेपले व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई जनही रु १५ हजार तथा टोलीतर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु सात हजार प्रदान ग¥यो । 

त्यसैगरी राष्ट्रिय कीर्तिमान भङ्ग गर्ने खेलाडीले जनही रु २५ हजार प्राप्त गरे । 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले १४० स्वर्णसहित कूल २८९ पदक जितेर टोली च्याम्पियन बनेको थियो । यस्तै नेपाल पुलिस क्लबले ६२ स्वर्ण, सशस्त्र प्रहरीको एपिएफ क्लबले ५४ स्वर्ण, प्रदेश नं ३ ले २२ स्वर्ण, प्रदेश नं ५ ले ११ स्वर्ण, गण्डकी प्रदेशले १२ स्वर्ण, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, प्रदेश नं १ ले नौ स्वर्ण, प्रदेश नं २ ले छ स्वर्ण तथा कर्णाली प्रदेशले तीन स्वर्ण जितेको थियो । खेलाडीलाई राखेप सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष पिताम्बर तिमल्सिनालगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी