७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने

८ श्रावण २०७६, बुधबार ०८:३१

साउन ८, काठमाडौँ | थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप–२०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडीलाई सहभागिता गराउने निर्णय गरिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले जनाएको छ । 

नेपालमा नै सम्पन्न भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा विजेता बनेका तीन खेलाडीसहित एक अफिसियललाई थाइल्यान्ड पठाउने निर्णय गरिएको सङ्घले जनाएको छ । त्यसैगरी चीनको होहोट सिटी इन्नटर मङ्गोलियामा हुने ५३औँ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनशिप–२०१९ मा नेपालबाट नौ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आगामी भदौ २६ देखि असोज १ सम्म हुने उक्त च्याम्पियनशिपमा नेपालबाट बडी बिल्डिङमा तीन, पुरुष स्पोर्ट्स फिजिक र महिला एथ्लेटिक्स फिजिकमा चार र पुरुष एथ्लेटिक्स फिजिकमा दुई गरी नौ खेलाडी सहभागी हुने सङ्घले जनाएको छ ।त्यस्तै नेपालमा आयोजना भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशिपमा पदक विजेता खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगततर्फबाट नगदसहित सम्मान गर्ने घोषणा गर्नुभएको छ ।

आगामी मङ्गलबार सो प्रतियोगितामा स्वर्ण पदक विजेतालाई ५० हजार, रजत पदक विजेतालाई  ३० हजार र कास्य पदक विजेतालाई  २० हजार प्रदान गरिने छ । च्याम्पियनशिपमा नेपालले तीन स्वर्ण, सात रजत र छ कास्य पदक जितेको थियो । प्रतियोगितामा टोली च्याम्पियन अफगानिस्तान भएको थियो भने नेपाल दोस्रो बनेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी