२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मिराई कादम्बरी कप २०१९ हुने

२०७६, ८ श्रावण बुधबार १४:००

फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल अहिले शहरको माग बन्दै गएको छ।  सन् २०११ देखि नेपालमा सुरु भएको फुटसल अहिले काठमाडौं उपत्यकामात्रै होइन, उपत्यका बाहिरका सहरका युवा समेत झुम्मिन थालेका छन्।

शहरका विशेषताको रुपमा आजकाल फुटसललाई लिने गरिन्छ। सन् १९३० देखि नै फुटसलको सुरुवात भएको मानिन्छ। पराग्वेबाट यो खेल सुरु हुँदा दक्षिण अमेरिकामै तीनदशक भन्दा बढी सिमिति बन्यो। सन् २०१५ मा आइपुग्दा फुटसल विश्वव्यापिकरण भइसक्यो। सहरबासीका लागि फुटसल अपरिहार्य झैं बनिसक्यो।

" निष्पक्षतामा लागि युवा " भन्ने मुल नारामा साथ कादम्बरि मेमोरियल कलेजको आयोजनामा प्रथम मिराई कादम्करी कप २०१९ अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । अन्तराष्टिय युवा दिवसको अवसरमा विद्यालय-विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गर्न लागेको फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रथम मिराई कादम्बरी कप २०१९ का संयोजक खिमानन्द देबकोटाले जानकारी दिए ।

प्रतियोगितातामा  विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रगियोगिताको नारा अनुरुप निष्पक्ष खेलको माध्यम बाट दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ । प्रतियोगिताले दिगो विकास लक्ष्यका लक्ष्य नं. ३ स्वास्थ्य जीवनको सुनिश्चिता, लक्ष्य नं. ४ गुणस्तरीय शिक्षा र लक्ष्य नं. ५ लैंगिक समानातालाई विशेष सहयोग पुर्याउनेछ ।

प्रगियोगितामा महिला खेलाडिलाई थप सक्रिय बनाउन महिला पुरुष समान १६–१६ टिमको सहभागिता गराउन लागिएको छ । राष्टिय तथा अन्तराष्टिय प्रतियोगितामा समेत महिला टिम लाई विभेद हुदै आईरहेको छ । विभिन्न रुपमा हुने विभेदलाई हटाउदै निष्पक्ष प्रतियोगिता सञ्चालन गर्न लागिएको देबकोटाले जानकारी दिए ।

धन्यन्तरि फुटसल प्रा. लि.मा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितालाई मिराई ऐजुकेशन प्रा. लि.ले शिर्ष प्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले रु. ३० हजारसहित ट्रफी र पदक तथा उपविजेताले रु २० हजारसहित पदक र ट्रफी पाउने छ । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल