२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मिराई कादम्बरी कप २०१९ हुने

८ श्रावण २०७६, बुधबार १४:००

फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल अहिले शहरको माग बन्दै गएको छ।  सन् २०११ देखि नेपालमा सुरु भएको फुटसल अहिले काठमाडौं उपत्यकामात्रै होइन, उपत्यका बाहिरका सहरका युवा समेत झुम्मिन थालेका छन्।

शहरका विशेषताको रुपमा आजकाल फुटसललाई लिने गरिन्छ। सन् १९३० देखि नै फुटसलको सुरुवात भएको मानिन्छ। पराग्वेबाट यो खेल सुरु हुँदा दक्षिण अमेरिकामै तीनदशक भन्दा बढी सिमिति बन्यो। सन् २०१५ मा आइपुग्दा फुटसल विश्वव्यापिकरण भइसक्यो। सहरबासीका लागि फुटसल अपरिहार्य झैं बनिसक्यो।

" निष्पक्षतामा लागि युवा " भन्ने मुल नारामा साथ कादम्बरि मेमोरियल कलेजको आयोजनामा प्रथम मिराई कादम्करी कप २०१९ अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । अन्तराष्टिय युवा दिवसको अवसरमा विद्यालय-विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गर्न लागेको फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रथम मिराई कादम्बरी कप २०१९ का संयोजक खिमानन्द देबकोटाले जानकारी दिए ।

प्रतियोगितातामा  विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रगियोगिताको नारा अनुरुप निष्पक्ष खेलको माध्यम बाट दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ । प्रतियोगिताले दिगो विकास लक्ष्यका लक्ष्य नं. ३ स्वास्थ्य जीवनको सुनिश्चिता, लक्ष्य नं. ४ गुणस्तरीय शिक्षा र लक्ष्य नं. ५ लैंगिक समानातालाई विशेष सहयोग पुर्याउनेछ ।

प्रगियोगितामा महिला खेलाडिलाई थप सक्रिय बनाउन महिला पुरुष समान १६–१६ टिमको सहभागिता गराउन लागिएको छ । राष्टिय तथा अन्तराष्टिय प्रतियोगितामा समेत महिला टिम लाई विभेद हुदै आईरहेको छ । विभिन्न रुपमा हुने विभेदलाई हटाउदै निष्पक्ष प्रतियोगिता सञ्चालन गर्न लागिएको देबकोटाले जानकारी दिए ।

धन्यन्तरि फुटसल प्रा. लि.मा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितालाई मिराई ऐजुकेशन प्रा. लि.ले शिर्ष प्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले रु. ३० हजारसहित ट्रफी र पदक तथा उपविजेताले रु २० हजारसहित पदक र ट्रफी पाउने छ । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने