२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालको विश्व छनोट यात्रा आफ्नै हातमा, भोली कुवेतसंग भिड्दै

२०७६, १० श्रावण शुक्रबार १३:५०

साउन १०, काठमाडौँ | टी-२० विश्वकप छनोट खेलमा नेपाललाई अब सहज भएको छ । आइसिसी टी-२० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगिताको पहिलो खेलमा अप्रत्यासित हार बेहोरेको नेपालले छनोट यात्रामा आफूलाई तेश्रो स्थानमा उभ्याउन सफल भएको हो । 

खराब ब्याटिङका कारण कतारसँग ४ विकेटले पराजित भएको नेपालको विश्वकप छनोट यात्रा अन्य टिमको हातमा पुगेको थियो । आज भएको खेलमा सिंगापुरले जितेसंगै ५ अंक बनाई शिर्ष स्थानमा उक्लिएको छ भने कुवेत दोश्रो स्थानमा छ ।  सिंगापुरकै जितका कारण प्रतियोगिताअन्तर्गत नेपाल विश्व छनोट यात्रामा आफ्नै हातमा फर्किएको छ । 

आजको खेलमा मलेसियालाई सिंगापुरले तथा कुवेतले कतारलाई पराजित गरेको थियो । जससँगै सिंगापुर ५ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । ३ अंक जोडेको कुवेत दोस्रो स्थानमा छ । यी दुवै टिमसँग नेपालले खेल्न बाँकीनै छ । दुवै टिमलाई पराजित गरेमा नेपाल च्याम्पियन बनेर विश्व छनोटमा पुग्नेछ । 

हिजोसम्म नेपाललाई पछि पार्ने सम्भावना भएका कतार र मलेसिया दुवै टिम शुक्रबार पराजय भोगेसँगै बाहिरिएका छन् ।

नेपालका लागि भोली कुवेतविरुद्धको खेल निकै महत्वपूर्ण छ । नेपालले भोलीको खेलमा पराजय भोगेमा विश्वकप छनोटमा पुग्ने छैन । त्यसो त कुवेत कमजोर टिम होइन । उसले आजको खेलमा कतारमाथि बिस्फोटक ब्याटिङ गरेको थियो । उसले एकै इनिङमा प्रतियोगिताकै सर्वाधिक स्कोर १९७ रन जोडेर आफ्नो शक्ति देखाईसकेको छ । 

कुवेतविरुद्धको खेलमा नेपालको लागि कप्तान पारस खड्काप्रति ठूलो योगदानको आशा गरिएको छ । पारसले कतारविरुद्धको पहिलो खेलमा शारीरिक समस्याका कारण दोस्रो इनिङ खेल्न सकेका थिएनन् भने मलेसियाविरुद्धको खेल गुमाएका थिए । तीन दिन आराम गरेपछि पारस भोलीको लागि फिट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति