२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको तारकेश्वरमा ‘स्कूल स्तरिय फुटसल’ प्रतियोगिता, १८ स्कुल प्रतिष्पर्धामा उत्रिदै

२०७६, १३ श्रावण सोमबार ०५:४६

साउन १३, काठमाडौँ (सास) | विश्व परिवेशले खेलमा लगानी गर्दै आफ्नो देश अरु देशभन्दा शक्तिशाली बनाउने रणनीतिमा रहँदा नेपालले पनि बिभिन्न खेल सम्बन्धि क्रियाकलाप बढाउदै लैजानुपर्नेमा जोड दिईएको छ । प्राइभेट स्कूलहरुको संगठन (OPS) मा आवद्ध बिद्यालयहरुको प्रतिष्पर्धामा साउन १६ र १७ गते आयोजना हुने फुटसल प्रतिष्पर्धाको लागि आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो । 

'खेल र परिवर्तनका लागि संगै' भन्ने नाराका साथ तारकेश्वर-१०, मनमैजुमा रहेको नर्थ प्वाइन्ट एकेडेमीमा आयोजित उक्त पत्रकार सम्मेलनमा दोश्रो 'OPS Inter School 5A SIde Futsal Tournalent-2076' प्रतियोगिता आयोजना हुने जानकारी गराइएको छ । काठमाडौँको तार्केश्वर नगरपालिका स्थित G4 Futsal मा आयोजना हुन लागेको उक्त प्रतिस्पर्धा मनमैजुकै नर्थ प्वाइन्ट एकेडेमीको संयोजकत्वमा आयोजनामा हुने भएको हो । उक्त प्रतियोगितामा १८ स्कुल सहभागी हुँदैछन् । खेलको सोमबारनै समूहतालिका सार्वजनिक गरिएको छ । 


प्रतियोगितातामा  विभिन्न १८ विद्यालयको विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक स्कुल नर्थप्वाइन्ट एकेडेमीका भाइस प्रिन्सिपल दिवाकर पौडेलले जानकारी दिए । उनले आफ्नो स्कुलले प्रतियोगीता आयोजना गर्न पाउने अवसर पाएकोमा थप उत्साह मिलेको बताए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय भलिवल संघका अध्यक्ष राम बहादुर केसीले यस्ता प्रतियोगिताको प्रभाव भविष्यमा राष्ट्रिय स्तरमा समेत पर्ने भन्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नुनै यस्ता खेलहरुको मुख्य उद्देश्य रहेको बताए । उनले बिभिन्न स्कुलहरुले उत्पादन गरेको बिद्यार्थीहरु अहिले राष्ट्रिय स्तरमा खेल खेल्ने खेलाडीको रुपमा परिचित भईसकेको बताए । 

विद्यालयहरुबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको उक्त फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्राइभेट स्कूलहरुको संगठन 'OPS' का अध्यक्ष लोकेन्द्र बहादुर खड्काले जानकारी दिए । खड्काले आफू विदेश भ्रमणको क्रममा रहँदा त्यहाँको स्कुलहरुमा खेललाई पढाई सरह प्राथमिकता दिएको भन्दै नेपालमा त्यस्तै अभ्यास जरुरी रहेको धारणा व्यक्त गरे । उनले  प्राइभेट स्कूलहरुको संगठन 'OPS'को सबैभन्दा कान्छो विद्यालयको रुपमा रहेको नर्थ प्वाइन्टले खेलको आयोजना गरेको भन्दै आयोजकप्रति धन्यवाद दिए । 


चार ग्रुपमा खेलाईने खेलमा दुई ग्रुपमा ५/५ स्कुल र दुई ग्रुपमा ४/४ स्कुलले प्रतिष्पर्धा गर्ने भएका छन् । समूह बिजेताहरुको प्रतिष्पर्धाबाट खेलको नतिजा निर्धारण हुनेछ । खेलमा प्रथम, दोस्रो र तेस्रो टिमले ट्रफी, मेडल र प्रमाणपत्र पौनेछन् भने व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र राम्रो गोलकिपरले समेत पुरस्कार प्राप्त गर्नेछन् । 

ग्रुप तालिका हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति