२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटबल रङ्गशालाको ४० प्रतिशत काम सकियो

२०७६, २१ भाद्र शनिबार ०४:३०

कृष्ण दवाडी | भदौ २१, कास्की | पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तरराष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको ४० प्रतिशत काम सकिएको छ । आगामी डिसेम्बर १ देखि ९ सम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि सागअघिनै तयार पार्नुपर्ने बाध्यता छ । 

पछिल्लो समय राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कात्तिक १५ भित्रमा मैदान तयार गर्न निर्माण कम्पनीलाई निर्देशन दिएसँगै निर्माण कार्यले तीव्रता पाएको हो । विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष २०७२ को गोर्खा भूकम्पबाट क्षति पुगेपछि साग खेलकूदको मिति तय भएसँगै नयाँ निर्माण प्रक्रिया अघि बढेको थियो । 

समयमै निर्माण कार्य नसकिएर कतै फुटबल खेल यहाँ नहुने हो की भन्ने आशङ्का राखेका खेलप्रेमी पछिल्लो समयको निर्माण कार्यको तीव्रताले आशावादी बनेका छन् । खेलकूद मन्त्रालय, राखेप तथा क्षेत्र र जिल्ला खेलकूद समितिले समेत  निर्माण कार्यप्रति निरन्तर चासो राख्दै आएपछि काम दु्रत गतिमा अघि बढेको हो । गत आवको असार मसान्तसम्ममा निर्माण सकिसक्ने गरी गत फागुनमा शिलान्यास गरिए पनि लामो समय डिजाइनको टुङ्गो नलाग्दा कामले गति लिन सकेको थिएन । डिजाइनले पूर्णता नपाउँदा यसअघि कृत्रिम मैदानका लागि बिछ्याइको गिट्टीसमेत प्राकृतिक मैदान बनाउने भएपछि झिक्नुपरेको थियो । स्टेडियम परियोजना म्यानेजर हरिबाबु न्यौपानेले अहिले मैदान, एथलेटिक ट्रयाक र प्यारापिट फाउन्डेशनमा गरी समग्रमा ४० प्रतिशत काम सकिएको बताउनुभयो । 

फ्रान्समा निर्माण भइरहेको ‘ग्रान्ड स्ट्यान्ड’को काम अन्तिम चरणमा रहेकाले आफूहरु आगामी कात्तिक १५ भित्रमा कम्तीमा १० हजार कुर्सीसहितको प्यारापिट तयार गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “मैदान, एथलेटिक ट्रयाक र प्यारापिट  मुख्य काम हो । मैदानको काम लगभग पूरा भएको छ । अव घाँस रोप्ने र एथलेटिक ट्रयाकको काम सँगसँगै हुन्छ । ४० प्रतिशत काम सकियो भने पनि ग्रान्ड स्ट्यान्डको काम समेत भईरहेकाले निर्धारित समयमै काम सकिन्छ”, उहाँले भन्नुभयो । 

फ्रान्सबाट ग्रान्ड स्ट्यान्ड पानी जहाजमार्फत कोलकाता बन्दरगाहमा आउने र त्यहाँबाट पोखरा ल्याएर दुईदेखि तीन साताभित्रमा जडानको काम सकिने कम्पनीले जनाएको छ । समग्रमा हालसम्म मैदानको ७०, एथलेटिक ट्रयाक ६०, प्यारापिट फाउन्डेशनको ३० प्रतिशत काम सकिएको इञ्जिनीयर पुरुषोत्तम बरालले बताउनुभयो । उहाँका अनुसार दैनिक १२० कामदार निर्माण कार्यमा खटिएको तथा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मनै काम भइरहेको छ । 

रङ्गशाला निर्माणको लागि गत वर्षको पुस मसान्तमा राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी)बीच सम्झौता भएको थियो । सम्झौतामा साधारण, भिआइपी, भिभिआइपी गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट बन्ने उल्लेख भएपनि पछि दुई हजार क्षमता थप गर्ने तयारी गरिएकाले लागत रु एक अर्ब ३० करोडसम्म अनुमान गरिएको थियो । 

नुहाउने कोठा, ‘चेञ्जिङ रुम’ निर्माण शुरु भइसकेको तथा मैदानमा दुबो रोप्नका लागिसमेत तयारी अवस्थामा छ । भारतबाट असोज पहिलो साता आइपुग्ने दुबो दशैँअघिनै रोपिसकिने बरालले जानकारी दिनुभयो । जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङ रङ्गशाला निर्माणलाई खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, सदस्य राजेश गुरुङलगायतले दैनिक चासो दिएपछि कामले गति लिएको बताउनुभयो ।

समयमै सम्पन्न गर्न सबै पक्षको प्रयास रहेकाले साग अघिनै स्टेडियम तयार भएर महिला फुटबल यही मैदानमा सञ्चालन हुनेमा शङ्का गर्नुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति