४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटबल रङ्गशालाको ४० प्रतिशत काम सकियो

२१ भाद्र २०७६, शनिबार ०४:३०

कृष्ण दवाडी | भदौ २१, कास्की | पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तरराष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको ४० प्रतिशत काम सकिएको छ । आगामी डिसेम्बर १ देखि ९ सम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि सागअघिनै तयार पार्नुपर्ने बाध्यता छ । 

पछिल्लो समय राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कात्तिक १५ भित्रमा मैदान तयार गर्न निर्माण कम्पनीलाई निर्देशन दिएसँगै निर्माण कार्यले तीव्रता पाएको हो । विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष २०७२ को गोर्खा भूकम्पबाट क्षति पुगेपछि साग खेलकूदको मिति तय भएसँगै नयाँ निर्माण प्रक्रिया अघि बढेको थियो । 

समयमै निर्माण कार्य नसकिएर कतै फुटबल खेल यहाँ नहुने हो की भन्ने आशङ्का राखेका खेलप्रेमी पछिल्लो समयको निर्माण कार्यको तीव्रताले आशावादी बनेका छन् । खेलकूद मन्त्रालय, राखेप तथा क्षेत्र र जिल्ला खेलकूद समितिले समेत  निर्माण कार्यप्रति निरन्तर चासो राख्दै आएपछि काम दु्रत गतिमा अघि बढेको हो । गत आवको असार मसान्तसम्ममा निर्माण सकिसक्ने गरी गत फागुनमा शिलान्यास गरिए पनि लामो समय डिजाइनको टुङ्गो नलाग्दा कामले गति लिन सकेको थिएन । डिजाइनले पूर्णता नपाउँदा यसअघि कृत्रिम मैदानका लागि बिछ्याइको गिट्टीसमेत प्राकृतिक मैदान बनाउने भएपछि झिक्नुपरेको थियो । स्टेडियम परियोजना म्यानेजर हरिबाबु न्यौपानेले अहिले मैदान, एथलेटिक ट्रयाक र प्यारापिट फाउन्डेशनमा गरी समग्रमा ४० प्रतिशत काम सकिएको बताउनुभयो । 

फ्रान्समा निर्माण भइरहेको ‘ग्रान्ड स्ट्यान्ड’को काम अन्तिम चरणमा रहेकाले आफूहरु आगामी कात्तिक १५ भित्रमा कम्तीमा १० हजार कुर्सीसहितको प्यारापिट तयार गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “मैदान, एथलेटिक ट्रयाक र प्यारापिट  मुख्य काम हो । मैदानको काम लगभग पूरा भएको छ । अव घाँस रोप्ने र एथलेटिक ट्रयाकको काम सँगसँगै हुन्छ । ४० प्रतिशत काम सकियो भने पनि ग्रान्ड स्ट्यान्डको काम समेत भईरहेकाले निर्धारित समयमै काम सकिन्छ”, उहाँले भन्नुभयो । 

फ्रान्सबाट ग्रान्ड स्ट्यान्ड पानी जहाजमार्फत कोलकाता बन्दरगाहमा आउने र त्यहाँबाट पोखरा ल्याएर दुईदेखि तीन साताभित्रमा जडानको काम सकिने कम्पनीले जनाएको छ । समग्रमा हालसम्म मैदानको ७०, एथलेटिक ट्रयाक ६०, प्यारापिट फाउन्डेशनको ३० प्रतिशत काम सकिएको इञ्जिनीयर पुरुषोत्तम बरालले बताउनुभयो । उहाँका अनुसार दैनिक १२० कामदार निर्माण कार्यमा खटिएको तथा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मनै काम भइरहेको छ । 

रङ्गशाला निर्माणको लागि गत वर्षको पुस मसान्तमा राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी)बीच सम्झौता भएको थियो । सम्झौतामा साधारण, भिआइपी, भिभिआइपी गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट बन्ने उल्लेख भएपनि पछि दुई हजार क्षमता थप गर्ने तयारी गरिएकाले लागत रु एक अर्ब ३० करोडसम्म अनुमान गरिएको थियो । 

नुहाउने कोठा, ‘चेञ्जिङ रुम’ निर्माण शुरु भइसकेको तथा मैदानमा दुबो रोप्नका लागिसमेत तयारी अवस्थामा छ । भारतबाट असोज पहिलो साता आइपुग्ने दुबो दशैँअघिनै रोपिसकिने बरालले जानकारी दिनुभयो । जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङ रङ्गशाला निर्माणलाई खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, सदस्य राजेश गुरुङलगायतले दैनिक चासो दिएपछि कामले गति लिएको बताउनुभयो ।

समयमै सम्पन्न गर्न सबै पक्षको प्रयास रहेकाले साग अघिनै स्टेडियम तयार भएर महिला फुटबल यही मैदानमा सञ्चालन हुनेमा शङ्का गर्नुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ