२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले दियो बंगलादेशलाई २६२ को लक्ष्य

२०७६, २२ भाद्र आईतवार ०७:४१

भदौ २२, काठमाडौँ |  एसिया कप यू–१९ क्रिकेटमा नेपाली युवा टिमले बंगलादेशविरुद्ध नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २६१  रन बनाएको छ । कोलम्बोमा जारी खेलमा बंगलादेशलाई नेपालले २६२ को लक्ष्य दिएको हो ।

बिहान १०:१५ बजे सुरु भएको खेलमा नेपालले ब्याटिङ गरेको थियो | एसिया कपको अघिल्लो चरणमा स्थान सुरक्षित गर्न पनि बलियो टेस्ट राष्ट्र बंगलादेशलाई पराजित गर्नुपर्नेछ ।  खेलमा रित गौतम ३२, महम्मद आशिफ सेख ३, कुशल मल्ल २८,  पवन सर्फाप ८१, कप्तान रोहितकुमार पौडेल १४, भिम सार्की २१, सुदिप झोर्रा ५६, रसिद खान ६ रनमा आउट भए । कमल सिंह एरीले नटआएट ९ र हरि बहादुर चदहानले १ रन बनाए। पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएकाले पनि नेपालका लागि दोस्रो खेलमा जित निकाल्नुपर्ने दबाब छ। 

पहिलो खेलको पराजयले नेपालको यात्रा कठिन बनेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार युएईसँग खेल्नेछ। समूहको शीर्ष दुई टिम सेमिफाईनलमा पुग्नेछन्। नेपालविरुद्ध बंगलादेशको युवा टिमको इतिहास बलियो रहेको छ। पछिल्लो पाँच भेटमा बंगलादेशले ४ खेलमा जित निकाल्दा एक खेल वर्षाले नतिजाविहिन भएको थियो। नेपालले भने एकपटक पनि जित निकाल्न सकेको छैन।

यसै समूहको अर्को खेलमा श्रीलंकाले युएईको सामना गर्नेछ । श्रीलंका लगातार दुई जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ। अर्को समूहबाट भने भारत र अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन सफल भए। अफगानिस्तानले पाकिस्तानलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनायो। पछिल्लो समय अफगानिस्तानको राष्ट्रिय टिमसहित युवा टिम पनि बलियो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति