३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई इन्टरनेशनल ब्याडमिन्टनमा नेपाललाई पदक पक्का

२७ भाद्र २०७६, शुक्रबार १६:३४

भदौ २७, काठमाडौँ | संयुक्त अरब इमिरेटस् (यूएई)मा जारी दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपालले पदक जित्ने पक्का भएको छ । उक्त प्रतियोगितामा नेपालका प्रिन्स दाहाल यू–१९ पुरुष एकल तथा यू–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानिया चन्दको जोडीले नेपालका लागि पदक पक्का गरेका हुन् ।  

दुबईमा आज भएको यू–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानियाको जोडी सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै प्रिन्स र सानियाको जोडीले पदक पाउने पक्का भएको छ । प्रिन्स र सानियाको जोडीले क्वाटरफाइनलमा यूएईका बसन्तकुमार राजेन्द्रन र तानिका नितुको जोडीलाई २–१ सेटले पराजित गरेको हो । सो जोडीले ९–२१, २१–१९ र २१–१६ अङ्कका साथ खेल आफ्नो पक्षमा पारेका हुन् ।  


यस्तै आजै सम्पन्न यू–१९ पुरुष एकलतर्फ नेपालका प्रिन्स सेमिफाइनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा भारतका रोहन गुर्वानीलाई २–० सोझो सेटमा हराए । उनले गुर्वानीलाई २१–१६ र २४–२२ अङ्कले पराजित गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली