७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानको निर्वाचन एक साता सर्‍यो

३० भाद्र २०७६, सोमबार ०९:२६

भदौ ३०, काठमाडौँ | विगत ३ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को  निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ | यसअघि आगामी असोज ३ र ४ गतेका लागि तोकिएको क्यानको निर्वाचन नियमविपरीत भएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले रोक्न निर्देशन दिएको थियो |

त्यसपछि काठमाडौं आएका आइसिसीका प्रतिनिधिद्वय इमरान ख्वाजा र अमर शेखसँग खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले छलफल गरेसँगै नयाँ मिति सार्वजनिक गरिएको हो | निर्वाचनको जिम्मा पाएको आइसिसीको स्वतन्त्र समितिका अधिवक्ता राजेश्वर श्रेष्ठले नयाँ मितिमा निर्वाचन गराउने सहमति भएको पुष्टि गरे |

यसअघि स्वतन्त्र समितिले विधानअनुसार निर्वाचन गर्न लागिएको दाबी गरेको थियो। जसका कारण स्वतन्त्र समिति र खेलकुद परिषदबीच दूरी बढेको थियो। राष्ट्रिय खेलकुद परिषद्ले कुनै पनि संघको निर्वाचनका लागि २१ दिनअघि नै सूचना निकाल्नु पर्ने र सूचना निकाल्नुअघि खेलकुद परिषद्‍बाट स्वीकृति लिनुपर्ने भन्दै क्यानको निर्वाचन प्रक्रिया विधानअनुसार नभएको दाबी गरेको थियो।

यस्तै, खेलकुद परिषद्ले क्यानको निर्वाचन समितिमा पनि आफ्ना प्रतिनिधि हुनुपर्ने भनेको थियो। तर स्वतन्त्र समितिले अन्य संघभन्दा क्यानको निर्वाचन विशेष परिस्थितिमा हुन लागेकोले अनुमति लिन नपर्ने बताएको थियो।

५ सदस्यीय स्वतन्त्र समितिमा आइसिसीको तर्फबाट अमर शेख, नितिश कोथारी र मोहम्मद अली, राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री र निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा सदस्य छन् | खेलकुद परिषद्ले यसअघि भएका जिल्ला र प्रादेशिक समितिको निवार्धनमा कुनै चासो देखाएको थिएन | आगामी अक्टोबर १३ मा बस्ने आइसिसीको बोर्ड बैठकलाई नेपाली क्रिकेटबारे अन्तिम निर्णय गर्ने अधिकार दिइएको छ |

सो बैठकमा निलम्बन फुकुवाको प्रस्ताव पेश गर्न क्यानको निर्वाचित केन्द्रीय समितिले आइसिसीलाई अनुरोध गर्नु पर्नेछ। समितिले १५ दिनअघि प्रस्ताव पेश गर्न पर्नेछ। आइसिसीले २०७३ वैशाखमा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो | त्यसयता नेपाली क्रिकेट अभिभावकविहीन छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी