२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश

२०७६, १० आश्विन शुक्रबार ०८:३५

असोज १०, काठमाडौँ | नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा  बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । 

खेलको दोस्रो मिनेटमा नै बङ्गलादेशले अग्रता लियो । बङ्गलादेशका कप्तान यासिन अराफातले गोल गर्दै पहिलो अग्रता लिएका हुन् । त्यस्तै खेलको २७औँ मिनेटमा बङ्गलादेशले अर्का खेलाडी मोहम्मदअहमेद फाहिमले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । खेलको ३२औँ मिनेटमा मोहम्मद मराजले गोल गर्दै खेलको पहिलो हाफअघि बङ्गलादेशलाई ३–० को अग्रता दिलाएका थिए । भूटानविरुद्ध पहिलो हाफमा तीन गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अन्तिम मिनेटमा बङ्गलादेशका दीपक रोयले एक गोल गरेपछि बङ्गलादेशले भूटानमाथि ४–० को सहज जित हात पार्यो । 

भूटान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने बङ्गलादेश समूह बी को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । अब बङ्गलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति