७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चन्द निर्वाचित

११ आश्विन २०७६, शनिबार १४:५५

असोज ११, काठमाडौँ | नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी  क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई पराजित गर्नुभएको हो । 

आज राजधानीमा सम्पन्न निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी पाण्डेले १५ मत पाउनुभयो । यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा केन्द्रीय सदस्यमा समेत चन्द समूहका उम्मेदवार विजयी हुनुभयो । क्यान उपाध्यक्षमा राजबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन सिंह विजयी हुनुभयो । श्रेष्ठले ४१ तथा उहाँका प्रतिद्वन्द्वी मिङ्मा डण्डू शेर्पाले १७ मत पाउनुभयो । सचिवमा प्याकुरेलले ४३ मत पाउनुभयो भने उहाँका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा सिंहले ४५ मत प्राप्त गर्नुभयो भने उपेन्द्र भट्टराईले १२ मत पाउनुभयो । 


यस्तै केन्द्रीय सदस्यमा प्रदेश १ बाट कैलाश विष्ट र प्रदेश ३ बाट अमितवीर पाण्डे निर्वाचित हुनुभयो । खुलातर्फ केन्द्रीय सदस्यमा वीरेन्द्रबहादुर चन्द, दुर्गाराज पाठक, माधवकुमार कर्माचार्य, सञ्जय सिंह र करन महोत्रा क्षेत्री निर्वाचित हुनुभयो । यसअघि आजै केन्द्रीय सदस्यमा महिलाबाट जयन्ती भट्ट, प्रदेश २ बाट दाउद अन्सारी, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्तविक्रम मल्ल, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट निर्विरोध निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी