७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुलीको नियुक्ति निश्चित

२७ आश्विन २०७६, सोमबार ०९:३९

असोज २७, नयाँदिल्ली (रासस-एएनआई) | भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिनुभएको छ ।

भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ अर्थात् सोमबार अन्तिम दिन थियो । बोर्डको बैठक एवं चुनाव आगामी अक्टोबर २३ मा हुनेछ, तर अध्यक्ष पदमा गांगुलीको मात्र उम्मेदवारी परेका कारण उहाँ स्वतः अध्यक्षमा चयन हुनु हुनेछ ।

भारतीय क्रिकेटमा निकै शक्तिशाली एवं स्रोतसाधन सम्पन्न मानिने बोर्डको अध्यक्षमा अनुभवी क्रिकेट खेलाडी सौरभ गांगुलीको चयन हुनु गर्वको विषय हो, खन्नाले भन्नुभएको छ ।

खन्नाले बंगाल क्रिकेट संघका अध्यक्ष एवं क्रिकेट सल्लाहकार समितिका सदस्य समेत रहेका गांगुलीले भारतीय क्रिकेटलाई अझ नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी ब्रिजेस पटेललाई आईपिएलको अध्यक्षमा चयन गरिएको छ । भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा अजय शाह भने बोर्डको सदस्य सचिव हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी