७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् टी-२० विश्वकपका लागि छनोट भएका ६ देश

१४ कार्तिक २०७६, बिहीबार ०३:२७

कात्तिक १४, काठमाडौं । अष्ट्रेलियामा सन् २०२० मा हुने टी-२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोटबाट जाने बिभिन्न ६ राष्ट्रको टुंगो लागेको छ ।

बुधबार राति ओमानले हङकङलाई १२ रनले पराजित गरेसँगै विश्वकपमा प्रवेश गरेका ६ राष्ट्रका टिमको टुंगो लागेको हो । विश्वकपमा पुग्ने राष्ट्रहरुमा टेष्ट राष्ट्र आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, पपुवा न्युगिनी, स्कटल्यान्ड र ओमान रहेका छन् ।

पपुवा न्युगिनी समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुँदा यता आयरल्यान्ड पनि समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएका हुन् । त्यस्तै, सेमिफाइनलको प्लेअफमा नेदरल्यान्ड्सले आयोजक यूएईलाई पराजित गर्दै विश्वकपमा प्रवेश गर्दा नामिबियाले ओमानलाई पराजित गर्दै विश्वकपमा प्रवेश गरेको थियो ।

पाँचौं स्थानको लागि भएको खेलमा स्कटल्यान्डले यूएईलाई पराजित गर्दै विश्वकपमा पुग्दा ओमानले पनि हङकङलाई पराजित गर्दै दोस्रो पल्ट विश्वकप खेल्ने भएको हो ।

बलियो टिम मानिएको हङकङ र यूएई भने यो पटक विश्वकपमा पुग्न सकेनन् । अब फाइनल प्रवेशका लागि आयरल्यान्डले नेदरल्यान्ड्ससँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा अर्को खेलमा पपुवा न्युगिनीले नामिबियासँग खेल्नेछ । पाँचौं स्थानका लागि भने स्कटल्यान्ड र ओमानबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी