२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज पारस र सन्दीपविना टेस्ट राष्ट्र भारतसँग भिड्दै नेपाल

२०७६, २८ कार्तिक बिहीबार ०३:४४

कात्तिक २८, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज (बिहिबार) बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकामा आयोजित प्रतियोगितामा समूहको पहिलो खेलमा नेपालले भारतसँग खेल्न लागेको हो । 

प्रतियोगितामा नेपालसहित टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, ओमान र हङकङले प्रतिस्पर्धा गर्दैछन् । नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान रहेका छन् । 

नेपालले नोभेम्बर १६ मा हङकङ र समूह चरणको अन्तिम खेल बंगलादेशसँग नोभेम्बर १८ मा खेल्नेछ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । 

सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ । युएईले अन्तिममा नाम फिर्ता लिएपछि नेपालले यस प्रतियोगिता खेल्ने मौका पाएको हो । नेपालले इमर्जिङ टिम्स एसिया कप खेल्दा टोलीमा चर्चित दुई खेलाडी छैनन् । पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने युईएमा टी–१० लिग खेल्न गएकाले टोलीमा समावेश नगरिएको हो ।

नेपाली टोली 

कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनास बोहरा र कुशल भुर्तेल । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति