७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज पारस र सन्दीपविना टेस्ट राष्ट्र भारतसँग भिड्दै नेपाल

२८ कार्तिक २०७६, बिहीबार ०३:४४

कात्तिक २८, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज (बिहिबार) बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकामा आयोजित प्रतियोगितामा समूहको पहिलो खेलमा नेपालले भारतसँग खेल्न लागेको हो । 

प्रतियोगितामा नेपालसहित टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, ओमान र हङकङले प्रतिस्पर्धा गर्दैछन् । नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान रहेका छन् । 

नेपालले नोभेम्बर १६ मा हङकङ र समूह चरणको अन्तिम खेल बंगलादेशसँग नोभेम्बर १८ मा खेल्नेछ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । 

सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ । युएईले अन्तिममा नाम फिर्ता लिएपछि नेपालले यस प्रतियोगिता खेल्ने मौका पाएको हो । नेपालले इमर्जिङ टिम्स एसिया कप खेल्दा टोलीमा चर्चित दुई खेलाडी छैनन् । पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने युईएमा टी–१० लिग खेल्न गएकाले टोलीमा समावेश नगरिएको हो ।

नेपाली टोली 

कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनास बोहरा र कुशल भुर्तेल । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी