कात्तिक २८, काठमाडौं | बंगलादेशमा आजदेखि सुरु भएको एसिया कप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतसँगको खेलमा खराब सुरुवात गरेको छ |
पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट भएका छन् | त्यसपछि ब्याटिङ गर्न शरद भेषवाकर र कुशल भुर्तेल आएका छन् |
नेपालले १५ ओभरको समाप्तीमा ४७ रन बनाएको छ भने एक विकेट गुमेको छ | समूह ‘बी’ मा भारत, आयोजक बंगलादेश र हङकङ छन् |