मंसिर १७, काठमाडौं | नेपालमा जारी दक्षिण एसियाली खेलकुद सागमा नेपालले हाल सम्म १९ स्वर्ण जितेको छ | सोमबार नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ – ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो भने मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण हात पारेको छ |
नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो | महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका छन् | त्यस्तै मंगलबार
नेपालले नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् | पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् |