२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित

२०७६, १८ मंसिर बुधबार ०८:०७

मङ्सिर १८, पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बं्ङ्गलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो । टस जितेर बङ्गलादेशले फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो । 

नेपालका तर्फबाट सोनु खड्काले सर्वाधिक १२ रन र इन्दु वर्माले १० रन जोडे पनि अन्य ब्याट्स वुमनले दोहोरो अङ्क जोड्न सकेनन् । नेपालकी अप्सरा वेगमले पाँच, सिता रानामगरले तीन, ममता चौधरीले एक रन जोडिन भने अन्य खेलाडीले खाता खोल्न सकेनन् । 

नेपालका चार महत्वपूर्ण विकेट रबेया खानले लिएकी थिइन् । त्यस्तै जहनारा आलमले दुई, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान एक÷एक विकेट लिए । एकाउन्न रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशले विना क्षति ७.४ ओभरमै जीत निकाल्यो । 

बङ्गलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए । बाइस बलको सामना गरेकी रहमानले तीन चौकासहित २६ रन हानेकी थिइन् भने २४ बलको सामना गरेकी खातुनले चार चौकासहित २३ रन हानेकी हुन् । चार ओभरमा दुई मेडनसहित आठ रन खर्चेर नेपालका महत्वपूर्ण चार विकेट हत्याउने रबेया प्लेयर अफ दी म्याच घोषित भइन् । आजै श्रीलङ्का र मालदिभ्सबीच अर्को खेल हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी